मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ १६ शुक्रबार १८:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेताले निःस्वार्थ भएर सहिदको सपना पूरा गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

Read Time : < 1 मिनेट
२०७७ माघ १६ शुक्रबार १८:२३:००

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सहिदको सपना पूरा गर्न हरेक नेता निःस्वार्थ भएर सहिदहरूले देखाएकै बाटोमा हिँड्नुपर्ने बताएका छन् । तत्कालीन माओवादीद्वारा हत्या गरिएका तत्कालीन एमालेका जिल्ला नेता तिलक पाण्डेको १६औँ स्मृति दिवस तथा दिवंगत पाण्डेको स्मृतिमा निर्माण भएको स्वागत गेट उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता मोहका कारण अहिले नेकपाका नेताहरूले सहिदको सपना बिर्सिएको आरोप लगाए । राष्ट्रिय सहिद दिवस एवं १६औँ तिलक स्मृति दिवस कार्यक्रममा गृहजिल्ला लमजुङमा आयोजित कार्यक्रममा गुरुङले लोकतन्त्र, प्रजातन्त्र प्राप्तिसँगै मुलुकको विकास र समृद्धिका लागि सहिदहरूको सपना स्पष्ट भए पनि उनीहरूले देखाएको बाटो बिराउँदा हालको नेकपामा विचलनको अवस्था आएको दाबी गरे । 

पार्टी सिद्धान्त सहिदहरूले देखाएको बाटोमै भए पनि नेताहरूमा निजी विचार, लोभलालच, स्वार्थ र सत्ता मोहले कौरव र पाण्डवको जस्तो झगडाको स्थिति हुन पुगेको उनको भनाइ छ ।