१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी
२o८१ बैशाख २० बिहीबार १४:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
फिचर

सिरम इन्स्टिच्युड : कोभिसिल्डबाहेक कुन–कुन खोप बनाएको छ ?

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:१२:oo

कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड उत्पादन गरेको सिरम इन्स्टिच्युड अफ इन्डिया प्राइभेट लिमिटेडले वर्षाैँदेखि देश–विदेशका बालबालिकाको जीवन बचाउने खोप विकास गर्दै आइरहेको छ । यो कम्पनीले सर्पको विष काट्ने खोप, डिप्थेरिया, टिटानस (डिपिटी), बिसिजी, दादुरा, रुबेला, रोटा भाइरस, हेपाटाइटिस ‘बी’लगायतको खोप उत्पादन गर्दै आएको छ । अहिले पछिल्लो समयमा आएर कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरी यसले भारत सरकारलाई प्रदान गर्न थालेको छ ।

यस कम्पनीको पूणेस्थित कारखानामा केही दिनअघि आगलागी हुँदा कम्पनीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको जनाएको छ । तर, यो आगलागी कोभिसिल्ड खोप उत्पादन गर्ने कारखानामा भएको होइन । आगलागी भएको स्थानमा रोटा भाइरसविरुद्धको खोप उत्पादन हुँदै आएको थियो । कोभिसिल्ड खोप उत्पादन हुने स्थान यहाँबाट करिब एक किलोमिटर दूरीमा छ । कम्पनीले आगलागीबाट बिसिजी र रोटा भाइरस खोप उत्पादन प्रभावित भएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले इन्डियन एक्सप्रेसलाई भनेका छन्, ‘आगलागीबाट कोरोना भाइरसविरुद्धको खोप उत्पादनमा कुनै असर भएको छैन ।’ यो कम्पनीले अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा कोभिसिल्डको नाममा उत्पादन मात्रै गरेको हो । यो कम्पनीले सन् १९६६ देखि नै विभिन्न भ्याक्सिन उत्पादन गर्दै आएको छ ।

विश्वमा सबैभन्दा धेरै खोप बनाउने कम्पनीमध्ये एक
सिरम इन्स्टिच्युड अफ इन्डिया प्राइभेट लिमिटेले विश्वमै सबैभन्दा धेरै खोप उत्पादन गर्ने कम्पनीमध्ये एक बनेर नाम कमाएको छ । यो इन्स्टिच्युड एक सय एकड जमिनमा अवस्थित छ । 
कम्पनीले उत्पादन गरेको कुनै कुनै खोप विश्वका ६५ प्रतिशत बालबालिकाले लगाएको कम्पनीको दाबी छ । विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त यो कम्पनीबाट उत्पादित भ्याक्सिन विश्वका एक सय ७० देशमा लगाउँदै आइएको छ । यसअघि यो कम्पनीले नै पोलियोविरुद्धको खोप पनि उत्पादन गरेको थियो । 

कोरोना भाइरस महामारीका बीच पनि यस कम्पनीले बेलायतको अक्सफोर्ड–एस्ट्राजेनेकासँग मिलेर काम सुरु गरेको थियो । यो काममा उसलाई सफलता पनि मिलेको छ । सिरम इन्स्टिच्युडद्वारा उत्पादित खोप कोभिसिल्डले क्लिनिकल ट्रायलको तीन चरण पूरा गरेको दाबी छ । अब यो खोप मास भ्याक्सिनेसनमा गइसकेको छ र विश्वका विभिन्न देशका फ्रन्टलाइनरहरूले लगाइसकेका पनि छन् । 

ad
ad