१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लागुऔषधसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:१६:oo

विशेष सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बिहीबार साँझ ६ बजेतिर २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर इलाका प्रहरी कार्यालय गोलबजारबाट सादा पोसाकमा खटिएको संयुक्त टोलीले चेकजाँचको क्रममा गोलबजार र मिर्चैयाका दुई युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका– २ का २२ वर्षीय राकेशकुमार साह र मिर्चैया नगरपाालिका– ८ का अनिल शर्मा रहेको प्रहरीले जनाएको छ । स.७प ५७१२ र स.१०प ५५२२ नम्बरको मोटरसाइकलमा लुकाएर लहानतर्फ आउने क्रममा गोलबजार– ३ गागनखोला पुलनजिक रोकेर चेकजाँच गर्दा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ३४ बोतल डाइलेक्स डिसी, ४५–४५ एम्पुल डाइजिपाम तथा नुफिन, फेनार्गन ४५ थान, स्पास्मोप्रोक्सिरोन ४८ थान र नाइट्राभेट एक हजार चार सय ९७ थान ट्याब्लेट बरामद भएको छ । 

लागुऔषध बरामद भएपछि दुईजनालाई तत्काल नियन्त्रणमा लिई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

ad
ad