सेन्चुरी बैंकको ६.७५ प्रतिशत लाभांश पारित

आइतबार, ४ माघ, २०७७
डिजिटल संस्करण

सेन्चुरी कमर्सियल बैंक लिमिटेडको नवाैँ तथा दसौँ वार्षिक साधारणसभाले लगानीकर्तालाई ४.७५ प्रतिशत नगद लाभांश तथा २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा सम्पन्न साधारणसभाले सेयरधनीलाई आव ०७५/७६ को मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो ।

साधारणसभाले संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्न तीनजना सञ्चालक रमेशकुमार निरौला, मनबहादुर राई र रणबहादुर श्रेष्ठलाई निर्वाचित गरेको बैंकले जनाएको छ ।
 

सुझावित समाचार