मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ माघ ३ शनिबार १९:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधिसभा पुनर्स्थापना अनिवार्य : कांग्रेस महामन्त्री कोइराला 

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७७ माघ ३ शनिबार १९:३९:००

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले संविधानलाई सही बाटोमा ल्याउन पनि प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने बताएका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कांग्रेसले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधान नै च्यातेको उनको आरोप छ । सरकारले घोषणा गरेको निर्वाचन हुनेमा विश्वास नभएको उनले बताए ।

७० वर्षको संघर्षपछि बनेको संविधानलाई च्यातेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको हुँदा संविधानको रक्षा गर्न पनि कांग्रेस सडकमा आउनुपरेको कोइरालाको भनाइ थियो ।