१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
रासस/सिन्ह्वा सान फ्रान्सीस्को
२o८१ बैशाख २५ मंगलबार १५:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्विटर खाता सधैँका लागि बन्द

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा सान फ्रान्सीस्को
नयाँ पत्रिका सान फ्रान्सीस्को
२o८१ बैशाख २५ मंगलबार १५:५६:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता सधैँका लागि बन्द भएको छ । ट्विटर सञ्चालक कम्पनीले ‘एटदरेटरियलडोनाल्डट्रम्प’ नामक उनको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो ।

उनको ट्विटर खाताबाट हिंसा फैलिने खतरा भएकाले हटाइदिएको कम्पनीका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । ट्विटरको भिडियोसम्बन्धी नीतिविपरीत भिडियो उनले राखेकाले खाता हटाउन बाध्य भएको कम्पनीको भनाइ छ । अमेरिकाको संसद्मा उनका समर्थकहरूले गरेको हिंसात्मक घटनासम्बन्धी भिडियो उनले ट्विटरमा राखेपछि सर्वत्र आलोचना भएको थियो ।  हिंसा मच्चाउनेलाई देशभक्तको संज्ञा दिएपछि उनीविरुद्धको आक्रोस थप बढेको थियो ।  

ट्वीटरमा उनले राखेको भिडियो हटाउन सर्वत्र दबाब आएपछि ट्विटरले सुरुमा भिडियो हटाइदिएको थियो । त्यसपछि पनि उनले ट्विटरको दुरुपयोग गरेको भन्दै केही सयमका लागि खाता बन्द गरिदिएको थियो । अहिले भने सधैँका लागि बन्द गरिदिएको हो ।

राष्ट्रपति ट्रम्पले राज्यशक्तिको दुरुपयोग गरेको र लोकतन्त्रलाई खिल्ली उडाएको धेरैको भनाइ छ । अमेरिकाका केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए ।

बिहीबार पूर्वराष्ट्रपति बाराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको ‘राक्षसी व्यवहार’ माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताएकी थिइन। अमेरिकी संसद्ले राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितलाई औपचारिकता दिने प्रक्रिया अगाडि बढाइरहेका बेला ट्रम्पका सयौँ समर्थकहरूले संसद् भवनमा प्रवेश गरेर हिंसा मच्चाएका थिए । हिंसामा परी चारजना सर्वसाधारण र एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।
 

ad
ad