१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एजेन्सी वासिङ्टन
२o८१ बैशाख २१ शुक्रबार १३:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
फिचर

अमेरिकी राष्ट्रपति ट्रम्पका सबै समाजिक सञ्जाल २४ घन्टाका लागि ब्लक

Read Time : > 2 मिनेट
एजेन्सी वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
२o८१ बैशाख २१ शुक्रबार १३:४२:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गर्ने सबै सामाजिक सञ्जाल (ट्वीटर, इन्स्टाग्राम र फेसबुक) २४ घन्टाका लागि ब्लक भएका छन् । ट्रम्पले ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा हिंसा भड्काउने गरी पोस्ट गरेको र त्यसपछि अमेरिकी संसदमाथि नै आक्रमण भएको आरोपमा सामाजिक संजालसँग सम्बन्धित निकायले उनले प्रयोग गर्दै आएको फेसबुक, ट्वीटर र इन्सटाग्राम बन्द गरेका हो । 

सोसल मिडिया साइट्सले यसलाई विवादास्पद र नियम विपरित बताएका छन् । यस किसिमको भिडियो पोस्ट गर्दा हिंसात्मक गतिविधि बढ्ने सम्भावना भएको सोसल मिडिया साइट्सको दावी छ । 

ट्वीटरले थप कडाईका साथ राष्ट्रपतिद्वारा निकृष्ट काम गरेको र भविष्यमा यस्तै नियम उल्लंघन गरे सधैका लागि अकाउन्ट बन्द गर्ने चेतावनी दिएको छ । ‘नतिजा यस्तो किसिमको भयो कि यसले वासिङ्टन डिसीस्थिति जम्मा भएको भिड नियन्त्रण भन्दा बाहिर गयो, हामीले राष्ट्रपति ट्रम्पको सबै किसिमका ट्वीटर अकाउन्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेका छौँ,’ टिवटर सेफ्टीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘मानविय तथा समाजमा शान्ति स्थापना कायम राख्न यस्तो नीति अपनाइएको हो, यो एक किसिमको हाम्रो नीति र नियमभित्रै पर्छ ।’ 

ट्रम्पका समर्थकले बुधबार बिहान क्यापिटोल हिल स्थित सिनेट भवनभित्र प्रवेश गरी हंगामा गरेका थिए । हजारौँ संख्यामा ट्रम्पका समर्थक भवनभित्र प्रवेश गर्ने क्रममा प्रहरीले रोक्न प्रयास गरेका थिए । तर प्रहरीले उनीहरूलाई रोक्न सकेन । सिनेट भवन भित्र कंग्रेस बैठक चलिरहँदा ट्रम्प समर्थक सिनेट चेम्बरसम्म पुगेका थिए । भवनभित्र कंग्रेसको दुवै सदन चलिरहेको थियो । यसै बैठकले डेमोक्रेटका जो बाइडेनलाई ४६औँ राष्ट्रपतिमा निर्वाचन भएको घोषणा गर्दै थियो ।

चारजनाको निधन 
यही कार्यक्रम बिथोल्न ट्रम्प समर्थक भवनभित्र प्रवेश गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । प्रहरीको कारवाहीमा चारजना निधन भएको छन् । राष्ट्रपति ट्रम्पको सामाजिक सन्जालमा क्यापिटोल भवनमा भएका सबै घटना भिडियोसहित पोस्ट भएका छन् । सोसल मिडिया साइट्सले यस किसिमको भिडियो पोष्ट गर्नुलाई ‘अवैधानिक तथा नीति बाहिर’ रहेको जनाएका छन् । 

यसैबीच इस्टाग्रामले पनि ट्रम्पको अकाउन्ट तत्कालका लागि बन्द गरेको घोषणा गरेको छ । ‘हामीले राष्ट्रपति ट्रम्पका इस्टाग्राम एकाउन्ट २४ घन्टाका लागि बन्द गरेका छौँ,’ इन्टाग्रामका एडम मोसेरीले जनाएका छन् । यता फेसबुकले राष्ट्रपति ट्रम्पको पेजमा संस्थाको तीनवटा भिडियो पोलिसीभन्दा बाहिरको गतिविधि समावेश भएको जनाएको छ । त्यस्ता गतिविधि रोक्न २४ घन्टाका लागि एकाउन्ट बन्द गरेको फेसबुकले जनाएको छ । 

‘हामीले ट्रम्पको फेसबुकबाट तीनवटा विवादास्पद भिडियो डिलिट गरेका छौँ, त्यो भिडियो हिंसा भड्काउने किसिमको थियो,’ फेसबुकले ट्रम्पको एकाउन्ट बन्द गर्नुको कारण बारे जनाएको छ, ‘सम्भवत पहिलोपटक फेसबुकले अपलोर्ड भएको भिडियो डिलिट गरेको हो ।’ 

फेसबुकले यस्तो कार्यलाई आपतकालिन भनेको छ । ट्रम्पले पुनः एकपटक निर्वाचनको परिणाममा धाँधली भएको दाबी गरेका छन् । क्यापिटोल भवनमा हिंसा भएको एक मिनेटपछि नै ट्रम्पले भिडियो पोस्ट गर्दै निर्वाचनमा विपक्षीहरूले धाँधली गरी जित हात पारेको दावी गरेका थिए । ट्रम्पले ट्वीटर, फेसबुक तथा इन्स्टाग्राममा समर्थकलाई सम्बोधन गर्दै यस्तो भनेका थिए, ‘मलाई थाहा छ, तपाई (समर्थक) यति बेला निकै दुःखी हुनुहुन्छ, हामीबाट निर्वाचन छिनेर लाग्यो, यसपटक निर्वाचनमा व्यापक धाँधली भएको छ ।’ 

ट्रम्पले समर्थकलाई नियन्त्रणमा बस्न र घर फर्कन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यो मेरो हातमा छैन, यसमा मेरो कुनै पनि खेल छैन, म यति मात्र भन्न सक्छ शान्ति कायम होस् र तपाईंहरू घरमा फर्कनुहोस् ।’ यसैबीच युट्युबले क्यापिटोल हिलमा भएका सबै घटनाको भिडियो ट्रम्पको अकाउन्टबाट हटाएको जनाएको छ । ‘फेसबुकसँगै युटयुबमा पोस्ट भएका सबै भिडियो हटाइएका छौँ,’ युट्युबले बिबिसीलाई भनेको छ । 
 

ad
ad