ओली अन्तर्राष्ट्रिय शक्तिकाे डिजाइनअनुसार मतियार बने : डा.भट्टराई (भिडियोसहित)

बुधबार, २२ पुष, २०७७
डिजिटल संस्करण

जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय शक्तिको डिजाइननुसार प्रतिनिधिसभा विघटनका लागि मतियार बनेको आरोप लगाएका छन ।

नेकपाको प्रचण्ड- नेपाल समूहले आयोजना गरेको अन्तर्क्रियामा भट्टराईले मुलुकमा अब चुनाव पनि नहुने र मुलुक अन्तराष्ट्रिय शक्ति केन्द्रको ठूलो द्वन्द्वकाे केन्द्र बन्ने सम्भावना देखिएकाले राष्ट्रिय स्वाधीनतामा ठूलो खतरा औँल्याए ।

ओली राजनीतिक क्यान्सर भएकाले समयमै उपचार नगरे त्यसले दलीय प्रणालीलाई नै समाप्त पार्ने खतरा रहेको उनको भनाइ थियो ।

केपी ओली इमान्दार तानाशाह भए पनि अझै उनलाई पार्टीबाट कारबाही गरेर ननिकालिएकाले प्रचण्ड-नेपाल समूहको आन्दोलनलाई जनताले नै प्रश्न उठाउने स्थिति बनेको पनि उनले बताए ।

सुझावित समाचार