मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी वासिङ्टन
२०७७ पौष २० सोमबार १५:३२:००
Read Time : < 1 मिनेट
अर्थ

टेस्लाले एक वर्षमै बेच्यो पाँच लाख विद्युतीय कार 

Read Time : < 1 मिनेट
रासस/एएफपी वासिङ्टन
२०७७ पौष २० सोमबार १५:३२:००

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले एक वर्षमा करिब पाँच लाखवटा कार बिक्री गर्ने लक्ष्य राखेको थियो । सोहीअनुसार यस वर्ष चार लाख ९९ हजार पाँच सय ५० थान कार बिक्री भएको छ । कम्पनीले पाँच लाख नौ हजार सात सय ३७ थान कार उत्पादन गरेको थियो । 

टेस्लाका प्रमुख इलोन मस्कले कम्पनीका लागि यो निकै महत्वपूर्ण कोसेढुंगा भन्दै सन्तोष व्यक्त गरेका छन् । मस्कले ट्विट गर्दै आफ्ना विद्युतीय कारले बजारमा १० प्रतिशत मात्र सफलता प्राप्त हुने आकलन गरे पनि ग्राहकले कारलाई अत्यधिक रुचाएको बताए ।

टेस्लाका मोडेल ३ र मोडेल वाईको बिक्री करिब ८६ प्रतिशत रहेको कम्पनीले जनाएको छ । टेस्लाले अत्यन्त आरामदायी मोडेल एस सेडान र मोडेल एक्स एसयुभी पनि उत्पादन गरिरहेको छ ।

कम्पनीले चीनको सांघाई प्लान्टबाट मोडेल वाईको उत्पादन सुरु भएको जनाएको छ । विश्वकै दोस्रो सर्वाधिक धनी व्यक्ति मस्कले कारका लागि अति आवश्यक ब्याट्रीमा अझ सुधार ल्याउन प्रयत्न भइरहेको बताएका छन् । उनले आमसर्वसाधारणलाई विद्युतीय कारहरू बिक्री गर्न चाहेको पनि बताएका छन् । तीन वर्षभित्रै टेस्लाका कारको मूल्य २५ हजार डलरको आसपासमा ल्याउने कम्पनीको योजना छ । 

विद्युतीय कार उत्पादन र बजार हिस्साका दृष्टिमा टेस्लाको उपस्थिति अन्य कार उत्पादकहरू जनरल मोटर्स, फोर्ड, टोयोटा, होन्डा, फिएट क्रिस्लर र भक्सवागनको भन्दा बढी रहेको छ ।