मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १७ शुक्रबार १४:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाका एक सांसद र पाँच कर्मचारीमा कोरोना पुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १७ शुक्रबार १४:३९:००

राष्ट्रिय सभाका एक सांसद र पाँचजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

आजदेखि सुरु हुने राष्ट्रिय सभाको हिउँदे अधिवेशनअघि बिहीबार ४१ सांसदसहित ९७ जनाको पिसिआर परीक्षण गरिएको थियो । 

कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । 

‘एकजना माननीय र पाँचजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ,’ धमलाले भने ।

राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार ४ बजेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी थिइन् । प्रतिनिधिसभा भने पुस ५ मा नै विघटन भइसकेको छ ।