१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

मुगु–हुम्ला सडकको पहिलो खण्ड हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o९:o४:oo

मुगु–हुम्ला सडकमध्ये पहिलो खण्ड हस्तान्तरण गरिएको छ । ग्रामीण पहुँच कार्यक्रमले सोमबार सडक पूर्वाधार कार्यालय, मुगुलाई हस्तान्तरण गरेको हो । मुगु र हुम्ला जोड्ने ६७ किलोमिटर सडकमध्ये अहिले २६ किलोमिटर निर्माण सम्पन्न भएको छ ।

मुगुको छायानाथ रारा नगरपालिका–२ स्थित जिरो प्वाइन्टदेखि छायानाथ रारा–१४ को दर्केखोलासम्मको सडक हस्तान्तरण गरिएको हो । यो सडक बेलायत सरकारको आर्थिक सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रममार्फत निर्माण भएको हो । 

पर्यावरण जोगाउन सकेसम्म हाते औजार प्रयोग गरेर स्थानीय बासिन्दाकै सहभागितामा सडक निर्माण गरिएको जनाइएको छ । कठिन ठाउँमा मात्रै मेसिन प्रयोग गरिएको थियो । सडक हस्तान्तरण कार्यक्रममा नेकपा मुगुका सचिव धर्मराज शाहीले ग्रामीण पहुँच कार्यक्रमको प्रशंसा गरे । 

त्यस्तै, छायानाथ राराका मेयर हरिजंग शाहीले ग्रामीण पहुँच कार्यक्रमले गर्दा दुर्गम गाउँ सडक सञ्जालमा जोडिएको बताए । यो सडक निर्माण भएपछि मुगुका रुगा, बाम र हुम्लाका ७० प्रतिशत बासिन्दा लाभान्वित हुने मेयर शाहीले बताए । 

ग्रामीण पहुँच कार्यक्रमका परियोजना फिल्ड व्यवस्थापक विष्णुराम विष्टले ६७ किलोमिटर लामो गमगडी–देउली सडकमध्ये गमगढी–दर्केखोलासम्मको २६ किलोमिटर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको बताए । यसअघि निर्माण भएको सलिसल्लादेखि देउलीसम्म १४ किमि सडक चंखेली गाउँपालिकालाई हस्तान्तरण गरिएकोे थियो । अहिलेसम्म ग्रामीण पहुँच कार्यक्रमले यस क्षेत्रमा ८१ किमि सडक निर्माण गरिसकेको छ । 

यस सडकको निर्माण भएसँगै चंखेली, सर्केगाढ, खार्पुनाथ गाउँपालिकालगायत यस क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् । यो सडक निर्माणमा ७३ करोड २२ लाख ७३ हजार खर्च भएको कार्यक्रमले जनाएको छ । 
 

ad
ad