Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ पौष १२ आइतबार १३:५२:००
Read Time : > 2 मिनेट
फिचर

खाद्यान्न संकट टार्न चीनमा नयाँ नियम : खाना फ्याँके १० हजार युआन जरिवाना

Read Time : > 2 मिनेट
२०७७ पौष १२ आइतबार १३:५२:००

कोरोना भाइरस (कोभिड–१९) ले चीनको अर्थतन्त्रमा खासै प्रभाव पारेको छैन । कोरोना भाइरसविरुद्ध अपनाएको नीतिले नै चीनको वुहानबाहेक अन्य सहरमा भाइरस फैलिन नपाएको मानिन्छ । कोभिड– १९ विरुद्ध विश्वभरका राष्ट्रहरू लड्न सुरु गर्दा चीन भने सामान्य जीवनमा फर्किसकेको थियो । यहाँका नागरिक एकबाट अर्को सहरमा सहजै यात्रा गर्न थालिसकेका थिए । 

कोरोना भाइरस पहिलोदेखि तेस्रो लहरसम्म पुग्दा चीनभित्र के भइरहेको ? सर्वसाधारणले कस्तो जीवन बिताइरहेको ? सरकारको प्राथमिकता केमा छ भन्ने बाहिर आएको छैन । तर, चिनियाँ मिडियाहरूको तथ्य मान्ने हो भने, यति वेला चीनमा खाद्यान्नको चर्को संकट परिरहेको छ । चीनका होटेल वा रेस्टुरेन्टले ठूलो परिमाणको अर्डर लिन सक्ने अवस्थामा नरहेको स्थानीय मिडियाहरूले जनाएका छन् । 

चिनियाँ मिडियाले कोभिड– १९ कै कारण मात्र खाद्यान्न अभाव भएको मानेका छैनन् । उनीहरूले छिमेकी राष्ट्रहरूसँगको चिसिएको सम्बन्धले सरकार यस्तो समस्यामा परेको दाबी गरेका छन् । भारतीय मिडियाहरूका अनुसार चीनले केही समयअगाडि भारतबाट चामल माग गरेको थियो । चिनियाँ मिडियाले कुन–कुन सहरमा खाद्यान्न अभाव परेको भने उल्लेख गरेका छैनन् । 

चिनियाँ जनता आफूलाई खान मन नपरेपछि अर्डर गरेको सिंगो प्लेट नै छाडेर जाने गर्छन् । सर्वसाधारणले यसरी खाना खेर नफालून् भनी सरकारले नयाँ नियमसमेत लागू गर्ने तयारी गरेको छ । यो विशेषतः होटेल र रेस्टुरेन्टमा लागू हुनेछ । अक्सर रेस्टुरेन्टमा आउने ग्राहकले खान त्यत्तिकै छाडेर जान्छन् । चीन सरकारले सम्भवतः अर्को महिनादेखि नै रेस्टुरेन्ट र होटेलमा खाना फ्याँक्ने ग्राहकलाई जरिवाना गराउनेछ ।

यति मात्र होइन, ग्राहकले नियम तोडेको पाएमा होटेल रेस्टुरेन्ट मालिकलाई समेत जरिवाना तिराउने सरकारको योजना छ । चिनियाँ राष्ट्रपति सी जिङपिनले सर्वसाधारणप्रति खाना सञ्चित गर्नुपर्ने भावना उत्पन्न गराउन ‘अपरेसन एम्टी प्लेट’ अर्थात् खाली प्लेट नामको अभियान घोषणा गरेका छन् । राष्ट्रपति सी जिङपिनको नीतिअनुसार जति खाने हो त्यति मात्र अर्डर गर्नुपर्नेछ । 

‘अरूले पनि खान बाँकी छ र उनीहरूको भाग पनि बचाउनुपर्छ’ भन्ने सन्देश दिन नयाँ नीति लागू गर्न खोजिएको हो । यदि यो नियमभन्दा बाहिर गएर खाना आधा वा थोरै मात्र प्लेटमा बाँकी राखेमा ती व्यक्तिले १० हजार युआन तिर्नुपर्ने हुन्छ । 

समूहमा रेन्टुरेन्ट गए पनि फरक–फरक अर्डर गर्नुपर्ने
अब रेस्टुरेन्टमा हुलमुल वा समूह गरी जान नमिल्ने भएको छ । त्यसमा पनि समूहगत जाँदा मेन्युअनुसार सबै अर्डर गर्न मिल्दैन । आवश्यकताअनुसार मात्र अर्डर गर्नुपर्छ । समूहमा जाँदा प्रत्येक सदस्यले फरक–फरक खानाको अर्डर गर्नुपर्छ । 

नियमअनुसार एकै सदस्यले एकै प्रकारका खाना अर्डर गर्न पाइँदैन । चीन सरकारले खाद्यान्नभन्दा बढी माग हुन थालेपछि यस्तो नियम सार्वजनिक गरेको बताएको छ । चाइना एकेडेमी अफ साइन्सको रिपोर्टअनुसार प्रत्येक वर्ष बेइजिङ र संघाई सहरमा यति धेरै खाना डम्पिङ क्षेत्रमा फ्याँकिन्छ कि त्यो खाना पाँच करोड जनतालाई एक वर्ष खान पर्याप्त हुन्छ । सरकारले बेइजिङ र संघाईमा ‘इम्टी प्लेट’को नीति चाँडै लागू गर्ने भएको छ । 

पाँच करोड जनताको खाली पेट भराउन सरकार अग्रसर भएको हो । एकेडेमी अफ साइन्सले चीनका नागरिक बढी खाने भएकाले नै प्रत्येक वर्ष तौल बढिरहेको उल्लेख गरेको छ । धेरै खाना खाने भएकाले नै आमनागरिकको स्वास्थ्य दिन प्रतिदिन नाजुक र तौल पनि बढिरहेको एकेडेमीको रिपोर्टमा उल्लेख छ ।

यसैगरी नेसनल हेल्थ कमिसनको डाटाअनुसार चीनमा अहिले ५० करोड जनता ‘ओभर वेट’ छन् । सन् २००२ मा एक चिनियाँ नागरिकको चौडाइ ७.१ प्रतिशत थियो । अहिले सन् २०२० सम्म आइपुग्दा ती व्यक्तिको शरीरको चौडाइ १६.४ प्रतिशत भएको छ । 

–एजेन्सीको सहयोगमा