Skip This
ad
प्रचण्ड–नेपाल पक्षको भेला : वामदेव र रामबहादुर थापा अनुपस्थित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख २६ बुधबार १५:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रचण्ड–नेपाल पक्षको भेला : वामदेव र रामबहादुर थापा अनुपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:oo:oo

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले संसद् भवनस्थित नयाँ बानेश्वरमा आयोजना गरेको सांसदहरूको बैठकमा उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा अनुपस्थित भएका छन् ।

भेलाकाे मञ्चमा राखिएका दुईवटा कुर्सी खालीसमेत देखिन्छ । 

उपाध्यक्ष गौतम प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आयोजना गरेको सांसदहरूको बैठकमा पनि अनुपस्थित थिए ।

गृहमन्त्री बादल भने साे भेलामा केहीबेर सहभागी भएर बाहिरिएका थिए ।

गौतम केन्द्रीय सचिवालयका पाँच शीर्ष नेताहरूको छलफलमा सहभागी हुँदै आए पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको कदम चालेपछि दुवैतिरको भेला र बैठकमा सहभागी भएका छैनन् ।

भेला चलिरहेको मञ्चमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र राष्ट्रिय सभामा संसदीय दलका नेता दीनानाथ शर्मा सहभागी छन् ।

प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभाका करिब ९५ सांसदहरू आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छ ।

ad
ad