१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o९:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विवाहपञ्चमीले राष्ट्रिय एकताको भावना जागृत गरी  सद्‌भाव र सहिष्णुतालाई थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार o९:२५:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन् ।

नेपाली समाज ऐतिहासिककालदेखि नै सहिष्णुता र सभ्यताको केन्द्र रहेको जनाउँदै राष्ट्रपतिले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाहपञ्चमी पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान सद्‌भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेकी छिन् ।  

पर्वका समयमा सामाजिक अन्तर्क्रिया बढ्ने हुनाले कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाहपञ्चमीको उत्सव मनाउन उनले सबैमा आह्वान गरेकी छिन् । 

मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवं संवर्द्धन गर्न विवाहपञ्चमी पर्वमार्फत सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छिन् । 

प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई यस पर्वको केन्द्र मानिने हुनाले यस दिन जनकपुरस्थित सागरहरूमा सन्ध्याआरती गर्ने तथा रामायणमा वर्णन भएका घटनाको स्मरण एवं कथावाचन गर्ने परम्परा रहिआएको छ । यसैगरी, विवाहोत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिनेसमेत परम्परा छ । 

ad
ad