मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर २५ बिहीबार १९:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लैंगिक हिंसाविरुद्ध सडक नाटक

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २५ बिहीबार १९:०३:००

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत किशोरीहरूले जलेश्वरमा बिहीबार सडक नाटक देखाएका छन् । कालो पोसाक र कालो पट्टी बाँधेर गरिएको सडक नाटकमामार्फत उनीहरूले सन्देश प्रवाह गरेका छन् । 

हालै बर्दिवासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई जोडेर गर्ल्स फर गर्ल्स समूहले जलेश्वरको बुद्धिजीवी चोकमा सडक नाटक प्रदर्शन गरेको हो । ओरेक नेपालको आयोजनामा गरिएको सो सडक नाटकमार्फत किशोरीहरूले लैंगिक हिंसा बन्द गर, पितृसत्तात्मक सोच र व्यवहार बन्द गर, बलात्कारीलाई संरक्षण कहिलेसम्मलगायतका विषय उठाएका थिए । 

महोत्तरीमा चालू आर्थिक वर्षमा मात्रै २५ जबर्जस्ती करणी र ८ जबर्जस्ती करणी प्रयासको मुद्दा दर्ता भएको छ ।  

यसैबीच, सार्वजनिकस्थल र सार्वजनिक सवारीसाधनमा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध विशेष अभियान सञ्चालन गरिएको छ । सेफ्टिपिन अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालयको आयोजनामा सार्वजनिकस्थल र सार्वजनिक सवारीसाधनमा चलाइएको जनचेतनामूलक कार्यक्रममा ओरेक नेपाल, अन्तरपार्टी महिला सञ्जाल, महिला सचेतना समूह, ट्राफिक प्रहरीलगायतको सहभागिता थियो ।