Skip This
एसियन गेमकाे आयाेजनाका लागि समर्थन माग्न कतारी टोली नेपालमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर १८ बिहीबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर १८ बिहीबार १३:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसियन गेमकाे आयाेजनाका लागि समर्थन माग्न कतारी टोली नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर १८ बिहीबार १३:५८:oo

कतार ओलम्पिक कमिटीले २१औँ एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ । 

कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूलाई भेट गरी सन् २०३० मा आयोजना हुने २१औँ एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो । 

कतारले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दै छ । 

एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९औँ ओसिए महासभामा २१औँ एसियन खेलकुदका लागि मतदान हुनेछ । 

हालसम्म कतार र साउदी अरेबियाले २१औँ एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन् । नेपालले पनि ती दुईमध्ये एक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ । 

नेपालसँगै ४५ देशहरूले मतदान गर्नेछन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कतार र नेपालको बीचमा रहेको कूटनीतिक सम्बन्ध र धेरै नेपालीले कतारमा रोजगारी पाएको हिसाबले पनि कतारी ओलम्पिक कमिटीले नेपालको समर्थनको अपेक्षा गरेको बताए । 

यद्यपि कसलाई समर्थन गर्ने भन्ने सम्बन्धमा निर्णय गर्न बाँकी रहेको अध्यक्ष श्रेष्ठले बताए । 

कतार ओलम्पिक कमिटीको टोलिले एसियन खेलुकदलाई नमुनाको रूपमा आयोजना गर्ने बताएको पनि अध्यक्ष श्रेष्ठले बताए । 

कतारमा एसियन खेलकुद आयोजना हुँदा नेपाली खेलाडीले पनि राम्रो समर्थन पाउने र खेलाडीको मनोबल बढ्ने भन्दै कतार ओलम्पिक कमिटीले नेपालको समर्थन खोजेको हो ।

यसअघि २००६ मा एसियन खेलकुद आयोजना गरेको कतारले २०२२ को विश्वकप फुटबलसमेत आयोजना गर्दै छ ।