१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
रासस/एएनआई
२o८१ बैशाख २५ मंगलबार १३:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

मोगादिसु विमानस्थलमा आक्रमण, ६ जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएनआई
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:५८:oo

सोमालियाको राजधानी सहर मोगादिसुको विमानस्थलमा आत्मघाती हमला भएको छ । सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । आत्मघाती हमलाकारीले गरेको हमलामा परी ती नागरिकको ज्यान गएको हो । आक्रमण विमानस्थलनजिकैको एक लोकप्रिय आइसक्रिम पसलनजिकै भएको थियो ।

आक्रमणमा परी अरू नागरिक पनि घाइते भएका छन् । यहाँका केही उच्च सुरक्षा अधिकारीलाई लक्ष्य गरेर आक्रमण गराइएको प्रहरीले जनाएको छ । सो आत्मघाती आक्रमण कसले र किन गराएको भन्नेबारे केही खुलेको छैन । 

सोमालिया सन् १९९० को दशकदेखि हिंसाको सिकार भएको छ । यहाँ हरेक महिनाजसो हिंसामा परेर कैयौँ नागरिकको ज्यान जाने गरेको छ ।
 

ad
ad