मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १० बुधबार १८:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रजातन्त्र सेनानी घोइरो कामीको निधन

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १० बुधबार १८:४३:००

प्रजातन्त्रका सेनानी घोइरो कामीका नामले परिचित दलबहादुर कामीको ८८ वर्षमा निधन भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका– ६ भोर्लेटारमा बस्दै आएका उनको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको हो । उनी विगत दुई वर्षदेखि दम र मुटुको समस्याबाट पीडित थिए । 

१९८९ मा जन्मिएका कामीले वि.सं. २००६ मा राणाशासनको विरुद्धमा कांग्रेसको झण्डा देखाएर मुलुकमा प्रजातन्त्र स्थापनाको आह्वान गरेका थिए । उनले राणाशासनको विरुद्धमा झण्डा बोकेर इशानेश्वर भेगमा गरेको प्रदर्शनको सम्मानस्वरूप प्रजातन्त्र आएपछि नवलपरासी जिल्लामा तीन कट्ठा जग्गासमेत बकस प्राप्त गरेका थिए । उक्त जग्गा बिक्री गरेर उनी तत्कालीन इशानेश्वर गाविसको चिसङकुबाट भोर्लेटारमा बसाइँ सरेका थिए । बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको निकट रहेर राजनीतिमा होमिएका कामी कांग्रेसका साहसी, अनुशासित तथा इमानदार कार्यकर्ताका रूपमा चर्चित थिए । 

उनका एक छोरा, एक बुहारी र चार छोरी छन् । श्रीमतीको भने करिब दुई दशकअघि नै निधन भएको थियो । उनी नातिसँग बस्दै आएका थिए । उनी बिपी स्मृति ट्रस्टद्वारा ०७२ मा सम्मानित भएका थिए ।