मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ कार्तिक १७ सोमबार १९:५९:००
Read Time : > 1 मिनेट
फिचर

मत सर्वेक्षणमा बाइडेन अघि, प्रचारप्रसार सामग्री बिक्रीमा ट्रम्प 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ कार्तिक १७ सोमबार १९:५९:००

अमेरिकामा राष्ट्रपतीय निर्वाचन ३ नोभेम्बरमा हुँदै छ । अहिलेसम्मको सर्वेक्षणमा डमोक्रेटिकका प्रत्याशी जो बाइडेन डोनाल्ड ट्रम्पभन्दा अगाडि नै छन् । यसपटकको चुनावी अभियानमा रिपब्लिकन तथा डेमोक्रेटिकले विभिन्न शैलीमा प्रचारप्रसार गरेका थिए । मतदातालाई प्रभाव पार्न चुनावसँग सम्बन्धित सामग्री दुवै उम्मेदवारले प्रयोग गरेका छन् । 

राष्ट्रपति ट्रम्पले चुनावी अभियानमा आफ्नै फोटोअंकित मास्क, टोपी तथा गिलास बिक्री भइरहेका छन् । आश्चर्यजनक के छ भने ट्रम्पले प्रयोग गरेका तिनै सामग्री अहिले बजारमा खुब बिक्री भइरहेको अमेरिकन एजेन्सीहरूले जनाएका छन् । 

ट्रमको चुनावी प्रचार सामग्रीको उत्पादन चीनमा
चार वर्षको कार्यकालमा राष्ट्रपति ट्रम्पले चीनको खुवै विरोध गरे । अहिले पनि ट्रम्प चीनको विरोध गर्न पछि पर्दैनन् । चुनावी सभाहरूमा ट्रम्प आफ्नो सबैभन्दा ठूलो शत्रु चीन भएको पनि बताउँछन् । 

ट्रम्पले ‘मेड इन चाइना’ लेखेका सामग्री भरपर्दो नहुने टिप्पणी गर्दै अमेरिकनलाई चीनमा उत्पादित वस्तु प्रयोग नगर्न सुझाब दिएका छन् । तर, उनैले भने चुनावकै वेला प्रयोगमा ल्याएका सामग्री चीनमा उत्पादित छन् । अहिले चीनबाटै ट्रम्पको फोटोअंकित मास्क, गिलास तथा टोपी अमेरिका भित्रिरहेका छन् । 

विश्वकै ठूलो प्रचारप्रसार सामग्रीको थोक बजार चीनमै छ । चीनका विभिन्न सहरमा अहिले ती सामग्री उत्पादन भइरहेका छन् । कार्यरत कामदारहरूले दिनरात मिहिनेत गरी टोपी, गिलास तथा मास्क बनाइरहेका छन् । 

प्रचार सामग्री चीनमा समेत बिक्री 
ट्रम्पलाई चिढ्याउने मनसायले पनि चीनले सकेसम्म बढी त्यस्ता सामग्री उत्पादन गरिरहेको छ । अर्को रमाइलो पक्ष के छ भने ट्रम्पको फोटोसहित गिलास अत्यधिक चिनियाँको रोजाइमा परेको छ । यसैगरी ट्रम्पको टोपी पनि यही अनुपातमा बिक्री भइरहेका छन् । 

बाइडेनका प्रचार सामग्री कम बिक्री
ट्रम्पका प्रत्याशी बाइडेनका चुनावी सामग्री वियु सहरमा बनिरहेका छन् । तर, उनको नामको सामग्री त्यति बिक्री भएको छैन । वियु सहरको एक मार्केटमा सयमध्ये एक पसलमा मात्र बाइडेनको तस्बिरअंकित टोपी बिक्री भएको छ । 

अमेरिकालाई महान् बनाउने नारा
चार वर्षअघिको चुनावमा ट्रम्प एक प्रसिद्ध नाराका साथ अगाडि बढेका थिए । त्यसवेला उनले भनेका थिए, ‘मेक अमेरिका ग्रेट अगेन’ अमेरिकालाई फेरि महान् बनाउनुपर्छ । ट्रम्पको यस अभियानमा सबैले साथ दिए । राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पसँग पराजित भइन् । ट्रम्पले सन् २०१६ को चुनावताका सबैजसो राज्यमा आफ्नो फोटोसहित अमेरिकलाई फेरि महान् बनाउनुपर्छ भनी प्रचार गरे । 

अघिल्लोपटक जहाँजहाँ ट्रम्प बलियो देखिन्थे त्योपटक तिनै राज्यमा ट्रम्प कमजोर र बाइडेनको पोस्टर बढी बिक्री भइरहेको छ । कतिपय स्थानमा एकै घरमा बाइडेन र ट्रम्पका समर्थक देखिएका छन् । एक सर्वेक्षणअनुसार बाइडेन र ट्रम्पको फोटो झुन्ड्याइएको घरमा श्रीमती बाइडेन तथा श्रीमान् ट्रम्पको पक्षमा देखिए । 

आफ्नै खर्च गर्छन् बाइडेनका समर्थक
डेमोक्रेटिक पार्टीले सन् २०१६ को चुनावको प्रचारमा त्यति खर्च गरेको थिएन । यसपटक पनि मितव्ययितता अपनाउँदै बाइडेनले सीमित खर्च गरेका छन् । बाइडेनले चुनाव प्रचारमा प्रयोग हुने ब्यानर, पोस्टर आदि सामग्रीमा त्यति चासो देखाएनन् । तर, उनका समर्थकले भने आफ्नै खर्चमा बाइडेनलाई जिताउन घरमा ब्यानर र पोस्टर राखेका छन् । यदि कसैले बाइडेनको तस्बिर वा ब्यानर घरमा झुन्ड्याउन चाहेमा उनीहरूलाई अन्य समर्थकले निजी खर्चमा उपलब्ध गराइरहेका छन् । यसै कारण बाइडेनले यसपटकको निर्वाचनमा बाहिरबाट चुनावी सामग्री निर्यात गर्नु नपरेको बताइन्छ ।