मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक १२ बुधबार
  • Tuesday, 15 July, 2025
रासस कैलाली
२o७७ कार्तिक १२ बुधबार २१:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीमा ट्रकको ठक्करबाट पैदलयात्रीको निधन 

Read Time : < 1 मिनेट
रासस कैलाली
नयाँ पत्रिका कैलाली
२o७७ कार्तिक १२ बुधबार २१:१९:oo

कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको निधन भएको छ ।

धनगढीमा निर्माणाधीन मोहना-अत्तरिया ६ लेन सडकअन्तर्गत चटकपुरमा ना. ३ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका-३ संगम टोलका ६६ वर्षका वीरसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । 

बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताए । 

प्रहरीका अनुसार ठक्कर दिने ट्रकका चालक फरार छन् । उनको खोजीकार्य भइरहेको छ ।