Skip This
पर्वतको जलजलामा ‘एक घर एक पिसिआर परीक्षण’ अभियान सुरु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक १२ बुधबार
  • Tuesday, 16 September, 2025
२o७७ कार्तिक १२ बुधबार १९:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्वतको जलजलामा ‘एक घर एक पिसिआर परीक्षण’ अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक १२ बुधबार १९:२५:oo

पर्वतको जलजला गाउँपालिकामा कोभिड– १९ बाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि समुदायस्तरको परीक्षणलाई पालिकाले व्यापक बनाएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर एक पिसिआर परीक्षण’ अभियान सुरु गरेको हो ।

गाउँपालिकाले ११ कात्तिकबाट यो अभियान सञ्चालन गरेको छ । ‘गाउँपालिकाभरि अभियानको सुरुवात गरेका छौँ,’ गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले भने, ‘पिसिआर परीक्षणका लागि पहिलो चरणमा लक्षण देखिएका व्यक्तिहरू सम्पर्कमा आएका छन् ।’

जलजला गाउँपालिकाअन्तर्गतका करिब पाँच हजार सात सय परिवारका सदस्यलाई परीक्षण गर्ने अभियान थालिएको अध्यक्ष मल्लले जानकारी दिए ।

मंगलबारदेखि सुरु भएको अभियानमा दुई दिनमा पाँच सयभन्दा बढीको स्वाब संकलन गरिएको मल्लले बताए ।

कोभिड– १९ को संक्रमणलाई सामान्य रूपमा लिन नहुने भन्दै अध्यक्ष मल्लले परीक्षण अभियानलाई गाउँपालिकाको तल्लो तहदेखि माथिल्लो तहसम्म पुर्‍याउने योजना रहेको बताए ।

आफू पनि कोभिड- १९ बाट संक्रमित भई कोरोनामुक्त भएका मल्लले सर्वसाधारणको घरदैलोमै पुग्ने गरी परीक्षण अभियान चलाएका छन् ।

अध्यक्ष मल्लसहित विभिन्न व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा परेकालाई कोरोना देखिएपछि जलजलावासी त्रसित बनेका थिए । स्वाब संकलनमा परिचालन गरिएका स्वास्थ्यकर्मीले जनस्वास्थ्यमा मापदण्डका बारेमा समेत जानकारी गराउने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

हरेक घरमा एकजनाको स्वाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारमा भने सबैको स्वाब संकलन गरिनेछ । यसअघि गाउँपालिकाबाट करिब पाँच सयजनाको पिसिआर परीक्षण गरिएको थियो ।

यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकताअनुसार विस्तार गरिने, होम आइसोलेसनलाई जनस्वास्थ्यका मापदण्डअनुसार प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।