१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १४:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘प्रहरी हुँ’ भन्दै लुटपाट गर्ने दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १४:३९:oo

महोत्तरीमा प्रहरीको नाममा लुटपाट गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सर्वसाधारणलाई आफू प्रदेश प्रहरीको घुमुवा भएको भन्दै उनीहरूसँग भएको नगद र मोबाइल तथा इन्भर्टरको ब्याट्री लुटपाट गर्ने नक्कली घुमुवा प्रहरीद्वय मनरा सिस्वा नगरपालिका– २ वस्ने ३६ वर्षीय प्रकाशकुमार सिंह र जनकपुर उपमहानगरपालिका– ४ बस्ने ३७ वर्षीय सन्दीपकुमार राउतलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूबाट लुटपाटका सामानसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए ।

बिहीबार बिहान मटिहानी नगरपालिका आवर र पिपरा गाउँपालिकाको एकरहिया क्षेत्रमा आरोपीले तीनजनासँग लुटपाट गरको र थप अर्का व्यक्तिको नगद र मोबाइल खोस्न खोज्दा ती व्यक्ति भाग्न सफल भएका थिए । 

त्यसलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि मटिहानी प्रहरी चौकीबाट गएको प्रहरी टाेलीले ती आरोपीलाई नियन्त्रणमा लिएको थियो । 

मनरा सिस्वा– २ का आरोपी सिंह पहिले पनि नक्कली प्रहरी भन्दै काठमाडौंमा लुटपाट घटना र प्रहरीमा जागिर लगाइदिनेलगायतका आरोपमा पक्राउ परिसकेको बुझिएको छ ।

प्रहरी प्रवक्ता डिएसपी विष्टले आरोपीसँग सोधपुछका साथै उनीहरूविरुद्ध अन्य प्रहरी कार्यालयमा उजुरी रहेको वा अन्य घटनामा समेत संलग्नता रहे–नरहेकोबारे अनुसन्धान भइरहेको बताए ।

ad
ad