गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार जारी गरेको विज्ञप्तिअनुसार संक्रमित हुनेमा सबैभन्दा धेरै नवलपुरका छन् । उक्त जिल्लामा २३ जना संक्रमित थपिएका हुन् ।
यस्तै कास्कीमा थपिएका १६ जना संक्रमित सबै पोखरा महानगरका हुन् । आज थपिने संक्रमितमध्ये बाग्लुङका ११ जना, तनहुँका सातजना र गोरखाका तीन तथा लमजुङ र म्याग्दीका एक–एकजना छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार योसँगै गण्डकीमा संक्रमितको संख्या चार हजार ६ सय ७९ पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
स्याङ्जाको आँधीखोला गाउँपालिका निवासी ८१ वर्षीय पुरुषको शुक्रबार राति ११ गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई हिजोनै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै शुक्रबार नै नवपुरको गैँडाकोटका ३६ वर्षीय पुरुषको कलेज अफ मेडिकल साइन्समा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।