१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
मकवानपुर भीमफेदी गाउँपालिका–९ का राजु थिङ (३४ वर्ष) उपचार खर्च तिर्न नसक्दा चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा बन्धक
२o८१ बैशाख २३ आइतबार o५:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

निको भएका बिरामी आइसियूबाट साधारण बेडमा सारियो, तर बिरामी अझै बन्धक

नयाँ पत्रिका फलोअप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o५:३६:oo

उपचार खर्च तिर्न नसक्दा बन्धक बनाएर राखेका बिरामीलाई चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)ले आइसियूबाट साधारण बेडमा सारेको छ । नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि कलेजले शुक्रबार साधारण बेडमा सारेको हो । 

मकवानपुरको भीमफेदी गाउँपालिका– ९ का ३४ वर्षीय राजु थिङ उपचारपछि निको भइसकेका छन् । तर, उनले उपचारमा लागेको चार लाख रुपैयाँ तिर्न नसक्दा अस्पतालले बन्धक बनाएर राखेको छ । उनलाई निको हुँदा पनि आइसियूमै राखेको थियो । शुक्रबार उनलाई आइसियूबाट साधारण बेडमा सारिएको उनकी पत्नी संगीताले बताइन् । ‘आइसियू महँगो थियो, साधारण बेडमा आएपछि केही राहत भएको छ,’ संगीताले नयाँ पत्रिकासँग भनिन् । 

साधारण बेडमा सारेपछि अस्पतालले पैसा तिरेर बिरामी घर लैजान भनेको उनले बताइन् । ‘सबै पैसा सकियो । ऋणदान गर्न पनि बिरामीलाई एक्लै छोड्न मिलेन । अब कसरी पैसा खोज्ने होला,’ संगीताले भनिन् । 

राजुका बुबा लालबहादुर ऋण खोज्न गाउँ गएका छन् । यसअघि चारवटा खसी बेचेर पैसा ल्याएका थिए । अहिले ऋण पनि नपाएको संगीताले बताइन् । जग्गा धितो राखेर ऋण लिन खोजे पनि नपाइएको उनले बताइन् । ऐलानी जग्गा भएकाले धितो राख्न पनि नसकिएको उनको भनाइ छ । 

समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय, चितवनले पनि चासो दिएको छ । यस विषयमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न प्रशासन कार्यालयले अस्पताललाई निर्देशन दिएको छ । ‘विपन्न परिवार हो कि होइन, बुझी त्यस ढंगबाट बिरामीलाई सहज रूपमा उपचारको व्यवस्था गर्न निर्देशन दिएका छौँ,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने ।

अस्पतालका अध्यक्ष तथा प्रबन्ध–निर्देशक डा. हरिश्चन्द्र न्यौपानेले एक रुपैयाँ पनि छुट नदिने बताएका छन् । उनले सरकारको नियमभित्रै बसेर उपचारबापत शुल्क लिएको जनाउँदै निःशुल्क उपचार गर्न नसक्ने बताएका छन् । 

यो पनि पढ्नुहोस् >>>

निको भइसकेका बिरामी आइसियूमा बन्धक, बिल बढेको बढ्यै

उपचार खर्च तिर्न नसक्दा चितवन मेडिकल कलेजकाे आइसियूमै बिरामी बन्धक

ad
ad