मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ असोज २२ बिहीबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज २२ बिहीबार १३:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 डा‍. केसीको सत्याग्रहले चिकित्सा शिक्षा र स्वास्थ्यमा महत्वपूर्ण उपलब्धि ल्याएकाे छ :  प्रवक्ता श्रेष्ठ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज २२ बिहीबार १३:३५:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । 

उनले आफ्नाे फेसबुक पेजमा लामो स्टाटस लेख्दै भनेका छन्, ‘उहाँ १९औँ अनशनको २५औँ दिनमा हुनुहुन्छ। डा. केसीसँग कैयौँ विषयमा असहमति हुन सक्ला र छन् पनि । सबै मिलेर कोरोनाको विरुद्ध जुध्नुपर्ने वेलामा यसपटक अनशनको समयबारे सोच्नुपर्थ्यो भन्ने पनि धेरैलाई लागेकै छ। तर, के कुरामा शंका छैन भने उहाँ निस्वार्थी सत्याग्रही हुनुहुन्छ। उहाँको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन् र त्यो सबै नेपालीका लागि खुसीको कुरा हो।’ 

प्रवक्ता श्रेष्ठले यतिवेला सरकार, सत्याग्रही स्वयं र आमनेपालीले उनको जीवनरक्षामा ध्यान दिनु जरुरी रहेको बताएका छन्।

सरकारले बुधबार केसीसँग वार्ताका लागि वार्ताटोली गठन गरेर सकारात्मक पहल गरेको उल्लेख गर्दै उनले भनेका छन्, ‘आशा गरौँ, छिट्टै सकारात्मक निष्कर्षमा पुगिनेछ । समाधान हुनेछ ।’ 

डा• गोविन्द केसी १९ औं अनशनको २५औं दिनमा हुनुहुन्छ।डा•केसीसँग कैयौँ बिषयमा असहमति हुन सक्ला र छन् पनि ।सबै मिलेर...

Posted by Narayan Kaji Shrestha on Wednesday, October 7, 2020