१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

डार्फर मिसनमा प्रहरीको नयाँ टोली जाने, पहिलोपटक ज्येष्ठताको आधारमा छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:१६:oo

अफ्रिकी देश सुडानको डार्फरमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरीको नयाँ टोली जाने भएको छ । संयुक्त राष्ट्र संघले मिसन बन्द हुन सक्ने जानकारी गराए पनि नयाँ टोली पठाउन नेपाल प्रहरीलाई पत्राचार गरेको छ । 

नेपाल प्रहरीले डार्फरमा जाने नयाँ टोलीको छनोट पनि सकाएको छ । एसपी सुरेन्द्र मैनालीलाई एफपियू कमान्डरका रूपमा छनोट गरिएको छ । यसपटक पूर्ण रूपमा ज्येष्ठतालाई आधार बनाएर छनोट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विगतमा ज्येष्ठता, लिखित परीक्षा तथा उत्कृष्ट काम गर्नेहरूलाई पठाउने गरिएको थियाे ।

एफपियू मिसन छनोटसम्बन्धी मादपण्ड संशोधन गरी यसपटक पूर्ण रूपमा ज्येष्ठताका आधारमा पारदर्शी ढंगले छनोट गरिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले बताए । कार्यालय सहयोगीदेखि एसपीसम्मका सबै पदका सिनियर प्रहरीलाई मिसनका लागि छनोट गरिएको छ । 

यसअघि उत्कृष्ट काम गरेका प्रहरीलाई पनि मिसन कोटा राख्ने गरिएको थियो । उत्कृष्टको कोटामा नेताहरूको पिएसओ जाने भएपछि त्यो प्रावधान हटाइएको छ । एफपियू मिसनमा एकपटक मात्र प्रहरी जान पाउँछन् । 

राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरीको एउटा मात्र एफपियू मिसन छ । डार्फरमा एसएसपी मीरा चौधरीको नेतृत्वमा एक सय ८० जना प्रहरी कार्यरत छन् । 

त्यस्तै, कोरोना संक्रमणका कारण पर्यवेक्षक मिसनमा जाने प्रहरी रोकिएकोमा अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै जान थालेका छन् ।

ad
ad