Read Time : < 1 मिनेट
२o८१ बैशाख २० बिहीबार o५:५३:oo
इन्टरनेट सेवाप्रदायक भायनेटले आफ्नो बजार पर्वद्धनका लागि निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बेस्डरका रूपमा आबद्ध गरेको छ । कम्पनीले दुवैजनाको काम समयसापेक्ष हुने भएकाले भायनेटले आफ्ना अगामी बजार पर्वद्धनलाई प्रभावकारी ढंगले अघि बढाउन यो जोडीलाई आबद्ध गरेको हो ।
कम्पनीसँगको आबद्धतापछि निश्चल र स्वस्तिमाले अहिलेको समयमा इन्टरनेट अत्यावश्यक भइसकेको बताए । यसका लागि भायनेटले जहिले पनि आफ्ना ग्राहकलाई अपडेटेड राख्न मद्दत गर्ने उनीहरूको भनाइ थियो । भायनेटका सिइओ सेवा पाठकले भविष्यमा यस आबद्धताले सफलता पाउने विश्वास व्यक्त गरे ।