१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ भदौ २१ आइतबार ०९:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बारा र पर्सामा थप २६ संक्रमित थपिए

Read Time : < 1 मिनेट
२०७७ भदौ २१ आइतबार ०९:२८:००

बारा र पर्सामा थप २६ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा बारा र पर्साका विभिन्न ठाउँका २६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

उनका अनुसार २६ संक्रमितमध्ये पर्साका २४ जना र बाराका दुईजना रहेका छन् । जसमा पाँच महिलासहित १६ देखि ६४ वर्ष उमेरका छन् ।

पर्साका २४ जना संक्रमितमध्ये वीरगन्जको आदर्शनगरमा रहेको नबिल बैंकमा कार्यरत पाँचजना कर्मचारी,  कृषि औजार कारखानामा रहेको सशस्त्र प्रहरीका दुईजना कर्मचारी, कालिकामाई गाउँपालिकाका एकजना, जगरनाथपुर गाउँपालिकाका एकजना र बाँकी सबै वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका  छन् ।

यसैगरी बाराको महागढीमाई नगरपालिकानिवासी दुईजनामा संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले दिएकाे जानकारीअनुसार यहाँ हालसम्म कोरोना संक्रमण हुनेको संख्या दुई हजार चार सय एक पुगेको छ भने  एक हजार चार सय १२ जना निको भएर डिस्चार्ज भएका छन् ।  हालसम्म ४१ जनाको  मृत्यु भएको छ ।