मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o पौष १८ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o पौष १८ बुधबार १५:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन, जोखिमबारे सजक बनौँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १८ बुधबार १५:२o:oo

छिमेकी मुलुकलगायत विभिन्न देशमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ। 

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन– १ फैलिरहेकाले नेपालमा पनि फैलिन सक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भिडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टीलगायतमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन्। उनले नेपालमा अणुवांशिक अध्ययन गर्दा अहिलेसम्म उक्त नयाँ भेरियन्ट पुष्टि नभएको बताए।

मन्त्रालयले विश्वका केही देशमा कोभिड– १९ को संक्रमणको नयाँ भेरियन्ट जेएन– १ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि संक्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको जनाएको छ।

कोभिड– १९ को नयाँ सबभेरियन्टको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै प्रवेश विन्दुका सबै हेल्थ डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ र निगरानी भइरहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ भेरियन्टको रोकथाम र उपचारको व्यवस्थापनका लागि तयारी अवस्था रहेको जनाएको छ।