१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कोरोनाविरुद्धको औषधिको क्लिनिकल परीक्षण हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:१o:oo

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको औषधि भरतपुर अस्पतालमा क्लिनिकल परीक्षण गरिने भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र हिमालयन ट्रस्ट नेपालको सहकार्यमा कोरोनाविरुद्ध मुखबाट दिइने एमेटिन औषधिको प्रभावकारिता मूल्यांकन गर्न क्लिनिकल परीक्षण गर्न लागिएको हो ।

५० वर्ष वा सोभन्दा माथि उमेर भएका, कोरोना पोजेटिभ भएको पाँच दिनभित्र कोभिडको लक्षण अनुभव गर्दै गरेको व्यक्तिमा यो परीक्षण गरिनेछ । भरतपुर अस्पतालमा कार्यरत चिकित्सक एवं प्रमुख अनुसन्धानकर्ता डा.कल्याण सापकोटाका अनुसार चार सयदेखि पाँच सयजनासम्म एक वर्षभित्र यो परीक्षण गर्ने लक्ष्य लिइएको छ । यो औषधि दिएपछि ९० दिनसम्म क्लिनिकल मूल्यांकन र प्रयोगशाला परीक्षणसहित फलोअप मूल्यांकन गरिन्छ । 

यसअघि यो औषधिको परीक्षण मुसामा गरिएको थियो । ‘मुसामा परीक्षण प्रभावकारी देखिएपछि मानिसमा गर्न लागिएको हो । परीक्षणबाट कोभिडको औषधिले प्रभावकारी ढंगले काम गर्छ वा गर्दैन, हस्पिटल आउनुपर्छ कि पर्दैन ? वा मृत्युलाई रोक्न सक्छ कि सक्दैन भन्ने पत्ता लाग्नेछ,’ डा. सापकोटाले भने ।

क्लिनिकल परीक्षणका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिता पुनरावलोकन समिति र जोन्स हप्किन्स विश्वविद्यालयको इथिकल रिभ्यु कमिटीले स्वीकृतिसमेत दिइसकेको बताइएको छ ।

यसअघि जिका भाइरस (झाडापखालाका विरामी) विरुद्ध दिने गरिएको एमेटिन औषधिको डोज १० गुणा कम गरेर कोरोनाविरुद्ध दिन लागिएकोसमेत सापकोटाले बताए । यो औषधि ५० वर्षअघि ६० एमजीसम्म मानिसमा खुवाउने गरिएको थियो । 
 

ad
ad