मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o पौष २३ सोमबार
  • Saturday, 13 September, 2025
नयाँ पत्रिका कञ्चनपुर
२o८o पौष २३ सोमबार १२:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतबाट फर्किएकामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८o पौष २३ सोमबार १२:२१:oo

भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ। भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमानाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ।

हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले राससलाई जानकारी दिए। ‘भारतबाट आउनेहरूमा कोरोना संक्रमण छ–छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म १० जनामा एन्टिजेन पजिटिभ देखिएको छ।’

हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना संक्रमितलाई घरमै एकान्तवास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको छ। गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौँ नेपाली घर फर्किरहेका छन्।

कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमुना संकलन गरेर काठमाडौं पठाइएको प्रमुख साउदले बताए। ‘भेरिएन्ट यकिन गर्न नौजनाको नमुना काठमाडौं पठाएका छौँ,’ उनले भने, ‘दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन।’

कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना संक्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। रासस