१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
तस्बिर : स्वास्थ्य कार्यालय बागलुङले सार्वजनिक गरेको तथ्याङ्क
२०७७ असार ३१ बुधबार ०९:४०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बाग्लुङमा एक सय ८१ जना कोरोना निको भएर घर फर्किए

Read Time : < 1 मिनेट
२०७७ असार ३१ बुधबार ०९:४०:००

बाग्लुङमा हालसम्म एक सय ८१ जना कोरोना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमण देखिएपछि जिल्लाका विभिन्न आइसोलेसनमा रहेका संक्रमितको अन्तिम परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरू घर फर्किएका हुन् । 

कोरोना निको भएर घर फर्किनेमध्ये सबैभन्दा बढी बाग्लुङ नगरपालिकामा ३३ जना छन् भने गलकोट नगरपालिकामा ३० जना रहेको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । 

यसैगरी बडिगाड गाउँपालिकामा २७ जना, काठेखोला गाउँपालिकामा २८, ढोरपाटन नगरपालिकामा २४, बरेङ गाउँपालिकामा १७, ताराखोलामा १०, निसीखोलामा पाँच, तमानखोलामा चार र जैमिनी नगरपालिकामा तीनजना संक्रमित कोरोना निको भएर घर फर्किएका छन् । 

घर फर्किने सबैजना धौलागिरी अस्पताल बाग्लुङ, धौलागिरि बहुमुखी क्याम्पस बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, नरेठाँटी स्वास्थ्य चौकी गलकोट, निसी भुजी जनता क्याम्पस ढोरपाटन र बहिरा आवासीय माध्यमिक विद्यालय रामरेखाको आइसोलसनमा थिए । घर फर्किएकालाई  कम्तीमा दुई साता होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको  स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख गुरौले बताए । 

जिल्लामा हालसम्म कुल दुई सय २१ जना कोरोना संक्रमित भएका छन् भने एकजना युवाको मृत्यु भएको छ । संक्रमितमध्ये एक सय ८१ जनाले कोरोना जितेर घर फर्किएसँगै ३९ जना संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । । 

जिल्लामा हालसम्म तीन हजार तीन सय ९३ जनाको पिसिआर परीक्षण गरिएको छ । उनीहरूमध्ये ६ दशमलव ५ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो । दुई हजार ४३ जनाको आरडिटी परीक्षण गरिएको थियो । 

१० स्थानीय तह रहेको बाग्लुङमा भारतबाट मात्रै २२ सय बढी नागरिक पछिल्लो समय गाउँ भित्रिएका थिए । जिल्लामा संक्रमितमध्ये २१ देखि ३१ वर्ष उमेर समूहका बढी छन् ।