१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस/एपी वासिङ्टन
२०७७ असार २८ आइतबार १२:५०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि लगाए मास्क 

Read Time : < 1 मिनेट
रासस/एपी वासिङ्टन
२०७७ असार २८ आइतबार १२:५०:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी सुरु भएपछि पहिलोपटक सार्वजनिक रूपमा मास्कको प्रयोग गरेका छन् । 

अमेरिकी सैनिक अस्पतालको अवलोकनका क्रममा शनिबार उनले मास्क लगाएका हुन् । उनको मास्क लगाएको फोटो अहिले भाइरल भएको छ । 

यसअघि उनले मास्क नलगाउने बताएका थिए । डेमोक्र्याटिक पार्टीका प्रतिस्पर्धी नेता जो बाइडनले मास्क लगाएकोमा उनले उल्टै उपहास गरेका थिए । 

गत अप्रिल महिनामा अमेरिकाको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्सन (सिडिसी)’ ले भाइरसको विस्तार रोक्न मास्क वा कपडाले मुख छोप्न सुझाब दिँदा पनि ट्रम्पले अस्वीकार र बेवास्ता गर्दै आएका थिए । 

वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा उनी हेलिकोप्टरमा गएका थिए । मास्क लगाएको अवस्थामा सार्वजनिक भएका उनले विशेष गरेर अस्पतालमा आएको वेला मास्क लगाउनु स्वास्थ्यका लागि राम्रो हुने प्रतिक्रिया दिएका थिए । 

उनी घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वासिङ्टनबाहिर रहेको सो अस्पतालमा गएका हुन् । 

अमेरिकामा पछिल्लो २४ घन्टामा ६६ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा झन्डै एक लाख ३५ हजार हजार मानिसको मृत्यु कोरोनाकै कारण भएको जनाइएको छ ।