१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २० मंगलबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २० मंगलबार १५:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजवादको साधन बन्नुपर्ने सहकारी गरिब जनतामाथि शोषण गर्ने यन्त्र बने : डा. मास्के

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार १५:३o:oo

परराष्ट्रविद् डा. महेश मास्केले सहकारीको विकास नभई कुनै पनि समाजमा समाजवाद आउन नसक्ने बताएका छन्।

समाजवादी मोर्चाले आज राजधानीमा गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तर्क्रियामा पूर्वराजदूत मास्केले सहकारीसँग नजोडी नेपाली विशेषताको समाजवाद सम्भव नभएको बताएका हुन्।

तर, समाजवादउन्मुख संविधान बनाएको नेपालमा भने पछिल्लो समय सहकारी संस्थाहरू जनतामाथि शोषण गर्ने यन्त्र बनेको भन्दै चिन्ता व्यक्त गरे।

‘नेपाली विशेषताको समाजवाद के हो र यसलाई कसरी हासिल गर्न सकिन्छ भन्ने बुझ्नुअघि सहकारीको विकास नभई कुन समाजमा समाजवाद आएको छ ? यो बुझ्न आवश्यक छ,’ उनले भने, ‘तर, आज नेपालका सहकारी किन यसरी विकृत भए ? सहकारी त गरिब जनतामाथि शोषण गर्ने यन्त्रजस्तो बनेका छन्। यसलाई सुधार नगरी समाजवाद आउन सक्दैन।’

पुँजीवादीहरूले पनि सुरुवाती दिनमा ‘जसको जोत उसको पोत’ भन्ने गरेको चर्चा गर्दै उनले हाम्रोमा भूमिको स्वामित्वसमेतको प्रश्न हल हुन नसकेको बताए । उनले निमुखाहरूका मुद्दा उठाएर संघर्ष गरेकाहरू पनि शक्तिमा पुगेपछि तिनलाई बिर्सन गरेकाले पनि समाजवाद टाढाको विषय बन्न पुगेको बताए। 

उनले पछिल्ला सरकारले अघि सारेको ‘ल्यान्ड बैंक’को कन्सेप्ट पनि गरिब चुस्ने अर्को उपाय मात्र भएको जिकिर गरे । त्यस्तो ल्यान्ड बैंक पनि चौधरीहरूको आहारा बन्न पुग्ने जिकिर गरे।

उनले नेपाल ‘ल्यान्ड लक्ड’ नभई ‘भारत लक्ड कन्ट्री’ भएको जिकिर गर्दै प्रश्न गरे, ‘हाम्रो देश भन्नलाई ल्यान्ड लक्ड भन्छौँ, तर यथार्थमा भारत लक्ड कन्ट्री हौँ । यहाँ उत्पादित वस्तु यहीँ बिक्री गर्न बजार नपाएको अवस्था छ, अनि कसरी किसानको विकास सम्भव छ ?’