Skip This
ad
गाजा युद्धविरामका लागि इजिप्टका मध्यस्थकर्ता इजरायल प्रस्थान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार २१:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

गाजा युद्धविरामका लागि इजिप्टका मध्यस्थकर्ता इजरायल प्रस्थान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार २१:३९:oo

मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलका केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान लागेको इजरायली सरकारनिकट एक स्रोतले एएफपीलाई जानकारी गराएको छ।

यो प्रयास दक्षिणी गाजाको रफाहमा हमास लडाकुविरुद्ध सैन्य धक्काको तयारी र गाजा युद्धको बाछिटाको कारण लेबनानसँग इजरायलको उत्तरी सीमामा हवाई आक्रमणको आदान–प्रदान बढेसँगै भएको हो।

इजरायली सेनाले शुक्रबार उक्त सीमानजिकै क्षेप्यास्त्र प्रहार गर्दा एक इजरायली नागरिकको मृत्यु भएको जनाएको छ।

हमासका एक अधिकारीले एएफपीलाई बताएअनुसार गाजाको अधिकांश जनसंख्या आश्रय रहेको रफाहमा कुनै पनि प्रकारको आक्रमणले वार्तालाई खतरामा पार्नेछ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले युद्धविराम र शान्ति वार्ताको मध्यस्थता गरेका छन्। तर यो मध्यस्थता प्रयासले नोभेम्बरमा एक हप्ताका लागि युद्ध रोकिएपछि अहिलेसम्म कुनै सफलता प्राप्त गर्न सकेको छैन। 

त्यस युद्धविरामले इजरायली जेलमा रहेका दुई सय ४० जना प्यालेस्टिनीहरूको बदलामा ८० जना इजरायली बन्दीको आदान–प्रदान भएको थियो।

त्यसयता गाजामा प्यालेस्टिनी नागरिकमाथि युद्धका कारण भएको क्षतिको विश्वव्यापी आलोचना बढेको छ र त्यहाँका लडाकुले आफ्ना बन्दीहरूलाई रिहा गर्नुपर्ने आवाज उठिरहेको छ।

अक्टोबर ७ मा हमासको अकल्पनीय आक्रमणपछि युद्ध सुरु भएको थियो । युद्धका कारण इजरायलमा करिब एक हजार एक सय ७० व्यक्तिको मृत्यु भएको एएफपीले इजरायली आधिकारिक तथ्यांकमा उल्लेख गरेको छ।

जवाफी कारबाहीमा गाजामा कम्तीमा ३४ हजार तीन सय पाँचजनाको ज्यान जाने गरी भएको छ भने इजरायलले हमासलाई ध्वस्त पार्ने बताउँदै आएको छ। 

आक्रमणका क्रममा लडाकुहरूले करिब दुई सय ५० व्यक्तिलाई इजरायली क्षेत्रबाट बन्धक बनाएका थिए। बन्धकमध्ये एक सय २९ जना गाजामा रहेको इजरायली अनुमान छ भने ३४ जनाको मृत्यु भइसकेको सेनाले जनाएको छ।

स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार इजिप्टको प्रतिनिधिमण्डल ‘सुरक्षा समन्वयका लागि’ इजरायल जान लागेको हो।

स्रोतलाई उद्धृत गर्दै इजरायलका विभिन्न सञ्चारमाध्यमले शुक्रबार इजिप्टको प्रतिनिधिमण्डलको भ्रमणअघि मन्त्रिमण्डलले युद्धविराम र बन्धकमुक्त गर्ने नयाँ योजनाबारे छलफल गरेको बताएका छन्।

सहायता समूहहरूले रफाहमा हुने कुनै पनि आक्रमणले पहिले नै विनाशकारी स्थितिहरूको सामना गरिरहेको गाजामा पहिले नै विनाशकारी स्थितिहरू थप्नेछ जहाँ विश्व खाद्य कार्यक्रमका अनुसार अनिकाल ‘वास्तविक र खतरनाक जोखिम’ हो।

हमासका वरिष्ठ अधिकारी गाजी हमादले एएफपीसँग कुरा गर्दै इजरायलले रफाहमा आफूले चाहेको कुरा हासिल गर्न नसक्ने बताएका छन्।

ad
ad