१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असार ११ बिहीबार २१:२५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

सल्यानबाट एकैदिन ८४ जना डिस्चार्ज 

Read Time : < 1 मिनेट
२०७७ असार ११ बिहीबार २१:२५:००

सल्यानमा एकैदिन ८४ जनाले कोरोना जितेका छन् । खलंगाको लुहापिङ आइसोलेसनमा रहेका ८१ र सल्यान जिल्ला अस्पतालमा रहेका तीनजना गरी ८४ जना बिहीबार डिस्चार्ज भएका हुन् । 

सदरमुकाम खलंगास्थित सल्यान बहुमुखी क्याम्पसको आइसोलेसनमा रहेका उनीहरूको उपचारपछि डिस्चार्ज गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जसमा बनगाड कुपिण्डे नगरपालिकाका एक महिलासहित ५८ जना, बागचौर नगरपालिकाका एक महिलासहित नौजना, त्रिवेणी गाउँपालिकाका पाँचजना, सिद्धकुमाख गाउँपालिकाका एकजना महिलासहित तीनजना, कुमाख गाउँपालिकाका तीनजना, दार्मा गाउँपालिकाका तीनजना, कालिमाटी गाउँपालिकाका एक महिलासहित दुईजना र कपुरकोट गाउँपालिकाका एकजना छन् ।

जिल्लामा हालसम्म कोरोना संक्रमण देखिएका एक सय ७३ मध्ये ६६ जना यसअघि नै डिस्चार्ज भएका छन् । योसँगै सल्यानमा कोरोना भाइरसमुक्त हुनेको संख्या एक सय ५० पुगेको छ । अब २३ जना मात्रै उपचाररत छन् ।

लुहापिङ आइसोलेसनमा १२ जना, सल्यान अस्पतालमा पाँचजना, प्रभाकर मावि बनगाड आइसोलेसनमा चारजना र मिसन अस्पताल चौरजहारीमा दुईजना गरी २३ जनाको उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए ।