१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७६ चैत २३ आइतबार १९:२५:००
Read Time : < 1 मिनेट
समाचार

कैलालीका कोराना संक्रमितसँगै आएका रुकुमका युवा सम्पर्कविहीन 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७६ चैत २३ आइतबार १९:२५:००

कैलालीको गौरीफन्टा नाका हुँदै भित्रिएका कोराेना संक्रमित व्यक्तिसँगै आएका रुकुम पश्चिमका एक युवा अहिलेसम्म सम्पर्कमा आएका छैनन् । 

भारतको केरालाबाट कैलालीको गौरीफन्टा नाका हुँदै गत १२ चैतमा मुसिकोट १ का २५ वर्षीय युवा भित्रिएको पुष्टि भएको छ । गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कले गत १२ चैतमा नेपाल भित्रिएका नाै सय ९९ जनामध्ये मुसिकोट १ का २५ वर्षिय युवा पनि रहेको पुष्टि गरेको हो । तर, उक्त व्यक्ति अहिले जिल्लाका सरोकारावालाको सम्पर्कमा छैनन् ।  

उनीसँगै नेपाल भित्रिएका कैलालीका एक युवामा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । नाै सय ९९ मध्ये एकजनामा कोरोनाको संक्रमण पुष्टि भइसकेकोले उक्त दिन आएका अन्य व्यक्तिमा पनि कोरोनाको संक्रमण हुन सक्ने आशंका गरिएको छ ।

मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले यसबारेमा जानकारी हुनेबित्तिकै उक्त युवाको खोजी सुरु गरिएको बताए । भारतको केरलाबाट आएका भनिएको र पछिल्ला दिनहरूमा नगरपालिकाभित्रका भारतको केरलाबाट को–को व्यक्ति आए र उनीहरूको अवस्था अहिले के छ भनेर पत्ता लगाउने काम भइरहको उनले बताए ।