१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १३ मंगलबार १६:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धनगढी मेयरकी छोरी भारतमा सम्पर्कविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १३ मंगलबार १६:५२:००

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी भारतमा सम्पर्कविहीन भएकी छिन्।

मेयर हमालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस देख्दै आफ्नी जेठी छोरी भारतमा सम्पर्कविहीन भएको बताएका छन्।

उनका अनुसार हमालकी जेठी छोरी ओशो साधक भएको र केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको बताएका छन्। 

‘मेरी जेठो छोरी आरती ओशो साधक हुन्, उनी केही महिनादेखि  ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ, दिदीबहिनीहरूले  खोजीकार्यमा सहयोग गरिदिनुहुन विनम्र अपिल गर्दछु,’ उनले लेखेका छन्, ‘साथै मेरी कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातिको प्लेनमा गोवा पुगिरहेकाले  मोबाइल नम्बर नं. ९७९४०९६०१४/८२७३५३८१३२/९३८९६०७९५२ मा सम्पर्क गरी त्यहाँ आवश्यक सहयोग एवं खोजीकार्यमा सहजीकरण गरिदिनुहुन हार्दिक  अनुरोध गर्दछु।’