१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २० बिहीबार १३:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

हाम्राे सहारा सहकारीका सञ्चालक सम्पर्कविहीन, बचतकर्ता प्रहरीमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:o२:oo

वीरगन्ज महानगरपालिका– ११ लिंकरोडमा रहेको हाम्रो सहारा बचत तथा ऋण सहकारी संस्थाको कार्यालय बन्द भएपछि सञ्चालकलाई पक्राउको माग राख्दै बचतकर्ता जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका छन्।

केही साता अघिबाट साेही सहकारी संस्थाको सञ्चालक सम्पर्कविहीन भएर कार्यालय बन्द गरेपछि बचतकर्ता गत शुक्रबार सञ्चालकलाई पक्राउको माग राख्दै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका हुन्।

सहकारीमा जम्मा गरेको रकम लिन पुग्दा कार्यालय बन्द भएर सञ्चालक फरार भएपछि सञ्चालकलाई पक्राउ गर्न र बचत गरेको रकम फिर्ता गराउन जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको बचतकर्ता देवनारायण साहले बताए।

वीरगन्ज महानगरपालिका– ३० लालपर्सानिवासी बचतकर्ता साहले गत ०७५ माघ २३ मा पाँच वर्ष पुगेको दिन पाउने गरी एक लाख रुपैयाँ फिक्स डिपोजिट गरेका थिए। साे रकम गत २४ माघमा लिने गरी सहकारी संस्थाको कार्यालयमा पुग्दा गेटमा तालाबन्दी भएको देखेपछि प्रहरीमा आएको बताए।

विगत एक महिनादेखि फिक्स डिपोजिट गरेको रकम लिन एजेन्ट रामबालक महतोलाई सम्पर्क गर्दा उनी फोन सम्पर्कमा नआएको बताए। एजेन्ट महतो सम्पर्कविहीन भएपछि कार्यालयमा पुग्दा संस्थामा एकजना पनि नरहेको र कार्यालयको गेटमा ताला झुन्डिएको उनले बताए।

बचतकर्ता साहले सहकारीका सञ्चालकलाई रकम ठगी गरेको भन्दै पक्राउ गरी कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए।

पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले सहकारीका सञ्चालक सम्पर्कमा नरहेकाले पक्राउ गरी बचतकर्ताको रकम उपलब्ध गराउन निवेदन आएको बताए।

उनले सहकारीका सञ्चालकलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको, तर अहिलेसम्म केही थाहा नभएको बताए। साे सहकारीबारे प्रहरीको उजुरी शाखाले हेरिरहेकाले थप कुरा बुझ्ने शाखामा सम्पर्क गर्न प्रहरी नायब उपरीक्षक थापाले बताए। 

यता सहकारीका सञ्चालक समितिका अध्यक्ष रामजी मुखियासँग सम्पर्क गर्न खोदा सम्पर्क भएन। 
 

ad
ad