१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पाटनमा जडीबुटी संकलक पुनः सम्पर्कविहीन, उद्धारकाे प्रयास जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:o२:oo

जुम्लाको तातोपानी गाउँपालिका- ४ गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी संकलक पुनः सम्पर्कविहीन भएका छन्। सोही गाउँपालिका– ७ बाँरागाउँ र मुछालदेउ गाउँका पाटनमा सम्पर्कविहीन भएका हुन्।

मुछालदेउका अत रावतसहित सातजना जडीबुटी संकलक पाटनमा पुन: सम्पर्कविहीन भएको वडाध्यक्ष अमरबहादुर रोकायाले बताए। उनले तीन दिनअघि उनीहरूसँग सम्पर्क भएको बताए।

सातजनामध्येका अत रावतसँग फोन सम्पर्क हुँदा ‘बजेडी पाटनको ओडारमा सुरक्षित बसेका छौँ’ भनेका थिए। मौसम खुलेपछि घर फर्किने खबर थियो। तर, आजभोलि उनी सम्पर्कमा छैनन्। ‘उद्धारका लागि जिल्ला प्रशासन कार्यालय जुम्लामा पत्राचार गरेका छौँ,’ वडाध्यक्ष रोकायाले भने, ‘प्रशासनले पनि गृह मन्त्रालयमा पत्राचार गरेको छ।’

पाटनमा सम्पर्कविहीन हुनेमा मुछालदेउ गाउँका अत रावत, संसार थापा र दीपा रावत रहेका छन्। यस्तै, बाँरागाउँका हरिशोभा रावत, सुशीला रावत, गोरी रावत, र जगमती रोकाया सम्पर्कविहीन भएका छन्।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार हिमपातका कारण पाटनमा सम्पर्कविहीन भएका नागरिकको उद्धारका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको छ। 

उनले भने, ‘कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयले हेलिकाेप्टरको खर्च व्यहोर्ने भएपछि उद्धार हुने जानकारी प्राप्त भएको छ। यस विषयमा आन्तरिक मामिला मन्त्रालयसँग कुरा भइरहेको छ।’ 
 

ad
ad