१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नारायण विश्वकर्मा स्याङ्जा
२०७६ श्रावण २९ बुधबार ११:२०:००
Read Time : < 1 मिनेट
समाचार

माछा मार्ने जालोमा बेरिएर दुईको मृत्यु

Read Time : < 1 मिनेट
नारायण विश्वकर्मा स्याङ्जा
२०७६ श्रावण २९ बुधबार ११:२०:००

चापकोट नगरपालिकामा ५ भएर बग्ने ज्याग्दी खोलामा माछा मार्न गएका दुई जनाको मृत्यु भएको छ । चापाकोट नगरपालिका ५ का ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको खोलामा डुबेर मृृत्यु भएको प्रहरी निरीक्षक इन्द्र प्रसाद चौधरीले जानकारी दिए । चौधरीका अनुसार उनीहरुसँगै माछा मार्न गएका थिए । 

मंगलबार माछा मार्न थापेको जालमा बेरिएर उनीहरुको मृत्यु भएको हो । वीरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीर बहादुर पनि सोही जालमा बेरिन पुगेको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले बताए । पुरीका अनुसार सोही खोलामा माछा मारिरहेका बम बहादुरले उक्त घटना देखेपछि उद्धारको लागि हार गुहार गरेका थिए । उनीहरुको शरिरबाट जाल हटाएर बाहिर निकाल्दा नै दुवै जनाको मृत्यु भइसकेको थियो ।