१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रासस बनियानी
२o८१ बैशाख २२ शनिबार १२:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

झापामा दुर्घटनामा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, बनियानी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:३१:oo

झापाको कन्काई र भद्रपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

बुधबार राति कन्काई– ३ सुरुंगा पुलस्थितमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा.१प ६३०० नम्बरको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा मोटरसाइकल बिर्तामोड– ७ का ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पताल पठाइएकामा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए। सोही मोटरसाइकलमा पछाडि बसेका मेचीनगर– १० का २९ वर्षीय प्रसन्न दनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ।

बुधबार राति नै भद्रपुर नगरपालिका– ८ नमुना टोलस्थित चन्द्रगढी–भद्रपुर भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ। भद्रपुरबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे.४प ४८९६ नम्बरको मोटरसाइकले पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्जादी ८० वर्षीया महिलालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन्।

वृद्धाको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो। मोटरसाइकल र चालक भद्रपुर– ८ का ४९ वर्षीय विशन मोतेलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ।

ad
ad