Skip This
थाइल्यान्डमा लुबाट ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Thursday, 30 May, 2024
तस्बिर : एएफपी
रासस बैङ्कक
२o८१ जेठ १७ बिहीबार १३:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

थाइल्यान्डमा लुबाट ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी

Read Time : > 1 मिनेट
रासस, बैङ्कक
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार १३:१६:oo

यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ। तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन्।

बैंककको कंक्रिटले फैलिएको क्षेत्रमा तापक्रम बुधबार ४०.१ डिग्री सेल्सियससम्म पुगेको थियो। बिहीबार पनि यस्तै स्तरको पूर्वानुमान लगाइएको थियो । यस साता दक्षिण र दक्षिणपूर्वी एसियाका केही भागमा असाधारण तातो मौसमको लहर चलिरहेको छ। यसका कारण फिलिपिन्सभर विद्यालय बन्द गर्नुपर्‍याे भने बंगलादेशमा उपासकहरूले वर्षाका लागि प्रार्थना गरेका छन्।

तापक्रम सूचक (आर्दता, हावाको गति र अन्य कारकहरूलाई ध्यानमा राख्दै महसुस गरिने तापक्रमको मापन) बैंककमा ‘अत्यन्त खतरनाक’ स्तरमा रहेको सहरको पर्यावरण विभागले चेतावनी दिएको छ । मुलुकको ग्रामीण उत्तरपूर्वमा रहेको उडोन थानी प्रान्तका अधिकारीहरूले पनि बिहीबार तीव्र तापक्रमको चेतावनी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार राति जनवरी १ देखि अप्रिल १७ को बीच लुबाट ३० जनाको मृत्यु भएको जानकारी दिएको छ । लुबाट सन् २०२३ मा ३७ जनाको मृत्यु भएको थियो ।

अधिकारीहरूले वृद्धवृद्धा र मोटोपनालगायत अन्तर्निहित अवस्था भएका मानिसलाई घरभित्रै रहन र नियमित रूपमा पानी पिउन आग्रह गरिरहेको थाइल्यान्डका रोग नियन्त्रण विभागका उपमहानिर्देशक डायरेक खाम्पेनले बताए।

थाइल्यान्ड र दक्षिणपूर्वी एसियाका मुलुकहरूमा अप्रिल सामान्यतया वर्षको सबैभन्दा तातो समय हो। तर, यस वर्ष अलनिनो मौसमी ढाँचाले गर्मीलाई अझ बढाएको छ । गत वर्ष विश्वभर गर्मीको तनाव रेकर्डस्तरमा देखिएको थियो । संयुक्त राष्ट्रसंघको मौसम तथा जलवायु एजेन्सीले एसिया विशेष रूपमा द्रुत गतिमा तातो भइरहेको बताएको थियो ।

यस साता थाइल्यान्डमा भीषण गर्मी अनुभव गरिएको छ । सोमबार उत्तरी प्रान्त लाम्पाङमा ४४.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ । यो गत वर्षको ४४.६ डिग्री सेल्सियसको सर्वकालीन राष्ट्रिय रेकर्डभन्दा केही कम हो।

सीमामा रहेको म्यान्मारमा बुधबार तापक्रम ४५.९ डिग्री सेल्सियससम्म पुगेको थियो र बिहीबार पनि तापक्रम यति हुने अपेक्षा गरिएको छ । सन् २०२१ को सैन्य विद्रोहबाट उत्पन्न अराजकता र संघर्षका कारण म्यान्मारका अधिकांश भागमा विद्युत् बन्द भएको छ । यसबाट मानिसलाई पंखा र एयर कन्डिसनका साथ चिसोमा बस्न अवरोध पुगेको छ ।

ad
ad
ad
ad