मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १५ बिहीबार o८:o३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२०आई वरीयतामा ललितको ३८ स्थान सुधार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १५ बिहीबार o८:o३:oo
  • जापानविरुद्ध १३ रन खर्चेर चार विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका नेपालका स्पिनर ललित राजवंशी टी–२०आई बलिङ वरीयताको ८०औँ स्थानमा पुगेका छन्

नेपाली क्रिकेट टोलीका बायाँहाते स्पिनर ललित राजवंशीले आइसिसी टी–२०आई बलिङ वरीयतामा एकैपटक ३८ स्थान फड्को मारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार जारी गरेका सबै फर्म्याटको वरीयता सार्वजनिक गरेको हो । नयाँ वरीयताअनुसार ललित आइसिसी टी–२०आई बलिङमा ८०औँ 
स्थानमा पुगेका छन् । यसअघि उनी ११८औँ स्थानमा थिए । उनले ४६८ रेटिङ अंक जोडेका छन् । 

आइसिसीका अनुसार ललितले सन् २०२५ कुवेतविरुद्धको प्रदर्शनमा ५२० अंक जोडेका थिए । जापानमा भएको २०औँ एसियाली खेलकुद (एसियाड)मा ललितले दुई खेलमा बलिङ गरेका थिए । क्वार्टरफाइनलमा पुगेको नेपाल श्रीलंकासँग वरीयताका आधारमा निराश भएको थियो । वर्षाका कारण टस नै हुन नसक्ने अवस्था आएपछि एसिसीको नियमअनुसार श्रीलंका वरीयताका आधारमा सेमिफाइनलमा पुग्यो । नेपाल प्रतियोगिताबाट बाहिरियो । 

यसै एसियाडमा नेपालले अफगानिस्तान र जापानविरुद्ध खेल्ने अवसर पायो । तर, नेपालले अफगानिस्तानसँगको प्रतिस्पर्धामा मात्र पूरै खेल खेल्न अवसर पायो । जसमा ललितले चार ओभरमा १३ रन दिएर तीन विकेट लिएका थिए । सोही प्रदर्शनबाट उनको वरीयता सुधार भएको हो । टी–२०आई बलिङ वरीयतामा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गरेका छन् । 

उनी अहिले ५९औँ स्थानमा छन् । उनले जापानविरुद्धको प्रतिस्धर्पामा ५२१ रेटिङ अंक पाए । उनीभन्दा अगाडि इंग्ल्यान्डका विल ज्याक्स र पछाडि अफगानिस्तानका फजालहक छन् । यसैगरी, नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पनि दुई स्थान सुधार गरेका छन् । ५६३ रेटिङ अकका साथ उनी ४७औँ स्थानमा छन् । उनले पनि जापानविरुद्धको प्रतिस्धर्पामा ५६३ अंक रेटिङ पाएको आइसिसीले जनाएको छ । टी–२०आई बलिङ वरीयताको शीर्ष स्थानमा पाकिस्तानका अहमेद रहेका छन् । उनले सर्वाधिक ७३६ रेटिङ पाएका छन् ।

पूर्वकप्तान रोहित ६ स्थान अगाडि
नेपालका पूर्वकप्तान रोहितकुमार पौडेलले टी–२० आई ब्याटिङमा ६ स्थान सुधार गरेका छन् । नयाँ वरीयताअनुसार रोहित ८९औँ स्थानमा छन् । उनीभन्दा अगाडि अफगानिस्तानका मोहमद नावी र पछाडि श्रीलंकाका चरिथ असालंका छन् । यस विधामा नेपालका कप्तान दीपेन्द्रसिंहले तीन स्थान गुमाएका छन् । 

उनी अहिले ६८औँ स्थानमा रहे । यसैगरी, ओपनर कुशल भुर्तेलले पनि पाँच स्थान गुमाएका छन् । पाँच सय रेटिङ अंकका साथ कुशल ६१औँ स्थानमा सीमित भए । टी–२० आई अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह चौथो स्थानमा यथावत् रहेका छन् । उनले अफगानिस्तानविरुद्ध २५७ रेटिङ अंक पाएका छन् । यस विधामा जिम्बावेका सिंकन्दर राजा ३३९ अंकका साथ शीर्ष स्थानमा छन् । 

पाकिस्तानका सेम युब दोस्रो र इंग्ल्यान्डका विल ज्याक तेस्रो स्थानमा छन् । टी–२०आई अलराउन्डरमा नेपालका कुशल भुर्तेलले सात स्थान सुधार गरेका छन् । उनी अहिले २१औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । उनले १६२ रेटिङ अंक पाएका छन् । टी–२०आई अलराउन्डरमा रोहितले पनि दुई स्थान सुधार गरे । उनी अहिले ५० औँ स्थानमा पुगेका छन् । नेपालका अलराउन्डर गुल्सन झाले ६ स्थान गुमाएका छन् । 

↑