मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमााडौं
२o८३ असोज १३ मंगलबार १९:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : संशोधित कार्यतालिका सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमााडौं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १९:२४:oo

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ। असोज १५ गते हुने भनिएको महाधिवेशन उद्घाटन समारोह दुई दिनपछि सार्दै नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो।

नयाँ तालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १५ गतेभित्र सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउनुपर्ने छ। १६ र १७ गते महाधिवेशन प्रतिनिधि नाम दर्ताको हुनेछ भने १८ गते दिउँसो २ बजे महाधिवेशन उद्घाटन समारोह आयोजना हुनेछ।

असोज १९ र २० गते बन्दसत्रसहितका कार्यक्रम तथा २१ र २२ गते निर्वाचनसम्बन्धी कार्य हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

↑