मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १३ मंगलबार १९:५६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइसिएफसी फाइनान्सको २३औँ साधारणसभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १९:५६:oo

आइसिएफसी फाइनान्स लिमिटेडले आफ्नो २३औँ वार्षिक साधारणसभा मंगलबार काठमाडौंको बौद्ध हेरिटेजमा सम्पन्न गरेको छ। साधारणसभाबाट आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागिसमेत) दिने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

वार्षिक साधारणसभाले आर्थिक वर्ष ०८३/८४ का लागि बाह्य लेखा परीक्षकमा ‘एसएआर एसोसिएट्स’ चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गरेको छ। चुक्ता पुँजी एक अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालयमार्फत एक लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।

साथै, संस्थाले चालू आवको भदौ मसान्तसम्म २२ अर्ब ६७ करोड निक्षेप संकलन र १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।

↑