कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले १ मंसिरबाट पशु वधशाला तथा मासु जाँच ऐन, ०५५ लाई सशक्त रूपमा कार्यान्वयन गर्ने बताएकी छिन् । उनले सोमबार दिउँसो उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग ऐन कार्यान्वयनको पूर्वतयारी, वर्तमान अवस्था तथा आगामी तयारीसम्बन्धी छलफल गरेकी हुन् ।
ऐन कार्यान्वयनका क्रममा साना मासु व्यवसायी तथा परम्परागत व्यवसायीको संरक्षण गर्दै उनीहरूको व्यवसायलाई क्रमशः आधुनिकीकरण र व्यवसायीकरण गर्ने साथै समूह, सहकारी तथा पब्लिक कम्पनीमार्फत आबद्ध गराई व्यवस्थित वधशाला तथा वधस्थलमा संलग्न गराउने तयारी गर्न उनले स्थानीय तहलाई आग्रह पनि गरिन् ।