मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १३ मंगलबार o६:१४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बुधबारसम्म छैन ठुलो वर्षाको सम्भावना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार o६:१४:oo
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्र कमजोर बनिसकेको, मनसुनी रेखा सरदरभन्दा दक्षिणतिर रहेकाले तत्काल ठुलो वर्षाको सम्भावना छैन

चार दिनको झरी आइतबारबाट थामिएसँगै सोमबारदेखि मौसममा सुधार आएको छ । सोमबार दिउँसो अधिकांश स्थानमा घाम लागेको छ ।

नेपाल मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी बुधबारसम्म ठुलो वर्षाको सम्भावना छैन । महाशाखाले नियमित रूपमा तीन दिनको मौसम पूर्वानुमान गर्दै आएको छ ।

वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्र कमजोर बनिसकेको, मनसुनी रेखा सरदरभन्दा दक्षिणतिर रहेकाले तत्काल ठुलो वर्षाको सम्भावना नरहेको बताए । ‘समग्रमा आइतबारबाट मौसममा सुधार आइसकेको थियो । सोमबारबाट सबैजसो ठाउँमा सुधार भएर अधिकांश ठाउँमा घाम लाग्यो,’ उनले भने, ‘आगामी दुई–तीन दिनसम्म यही अवस्था रहन्छ । ठुलो वर्षा हुँदैन ।’ 

यद्यपि, ठुलो वर्षा गराएको प्रणालीले बोकेर ल्याएको जलवाष्पयुक्त हावा अझै पनि नेपाली आकाशमा रहेकाले अपराह्नपछि केही ठाउँमा आइसोलेटेड वर्षा भने हुने उनले बताए । ‘ठुलो वर्षा हुँदैन । कुनै–कुनै ठाउँमा केहीछिन हल्का वा मध्यम वर्षा हुन्छ,’ उनले भने ।

विभागले आगामी बुधबारसम्मका लागि मौसमसम्बन्धी कुनै चेतावनी जारी गरेको छैन । 

महाशाखाले जारी गरेको नियमित बुलेटिन आज मंगलबार हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम सफा रहनेछ ।

त्यस्तै, बुधबार कोशी, बागमती र गण्डकीका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एक–दुई स्थानमा मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । त्यसबाहेकको पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको आकलन छ । त्यस्तै, कोशीको तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र कमजोर अवस्थामा भारतको उत्तर प्रदेशको दक्षिणी क्षेत्रमा छ । मनसुनी (न्यूनचापीय रेखा) पनि नेपालनजिक छैन । ‘त्यही भएर मनसुनको प्रभाव पनि त्यति धेरै पर्दैन, अब बिस्तारै मनसुन पनि बाहिरन्छ,’ उनले भने ।

सरदरमा अक्टोबर पहिलो साता मनसुन बाहिरिने हुन्छ । मनसुन प्रवेशको सरदर मिति जुन १३ हो । 
 

↑