मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ४ आइतबार
  • Sunday, 20 September, 2026
२o८३ असोज ४ आइतबार २o:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कावासोतीमा ट्रकको ठक्करबाट डेढ वर्षीया बालिकाको मृत्यु, आमासहित २ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज ४ आइतबार २o:३५:oo

नवलपुरको कावासोती नगरपालिका–८ स्थित फलफूलचोकमा आइतबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने आमासहित दुईजना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गमा उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको लु ७० प ८२८४ नम्बरको मोटरसाइकललाई भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ०१–०२–००१ ख ८०७७ नम्बरको ट्रकले साँझ करिब ६:४६ बजे ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–११ की वडासचिव वर्ष २५ की पुष्पा चौहानकी अन्दाजी १६/१७ महिनाकी छोरी गम्भीर घाइते भएकी थिइन्।

उनलाई तत्काल उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डन्डा लगिएकामा चिकित्सकले साँझ ७:०५ बजे मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी पुष्पा चौहानलाई नवलपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज), भरतपुर पठाइएको छ।

यस्तै, घाइते मोटरसाइकलचालक अर्घाखाँची घर भई हाल कावासोती–११, कुडौली बस्ने ३२ वर्षीय सूर्य बि.सी.को उपचार भइरहेको छ।

घटनास्थलमा प्रहरी निरीक्षक मुरारीप्रसाद गुप्ताको कमान्डमा खटिएको टोलीले ठक्कर दिने ट्रक, मोटरसाइकल र ट्रकचालक बारा, सिमरा–१४ का ३० वर्षीय सौरभ खतिवडालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।