मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ४ आइतबार
  • Sunday, 20 September, 2026
२o८३ असोज ४ आइतबार २२:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवा निकट मानिने लुम्बिनीका पूर्वमुख्यमन्त्री चौधरी क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज ४ आइतबार २२:५७:oo

देउवा निकट मानिने लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली चौधरी कांग्रेसको महाधिवेशनमा सहभागी भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गगन थापा नेतृत्वमा शनिबार र आइतबार भएको वडा अधिवेशनबाट उनी क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मतनिर्वाचित भएका हुन्।

तुलसीपुर–६ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका उनी यसअघि देउवासँग निकट मानिन्थे। राजनीतिक रूपमा होस् वा आईएनजीओ सञ्चालनका सन्दर्भमा पनि देउवा परिवारसँग निकट मानिने भए पनि उनले अहिले महाधिवेशन रोजेका छन्।

त्यस्तै, चौधरी मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षसमेत रहेका डा. नहकुल केसी पनि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।

उनले आफूहरू कुनै व्यक्तिविशेषभन्दा पनि पार्टीमा रहेको बताए। “हामी रुख र चारतारे झन्डामुनि छौँ,” उनले भने, “पहिले शेरबहादुर देउवा सभापति हुँदा त्यता थियौँ, अहिले गगन थापा सभापति हुँदा यता छौँ।”

पार्टीभन्दा व्यक्ति ठूलो नहुने भन्दै पार्टीको छायामुनि आफूहरू रहेकोसमेत उनको भनाइ छ।

उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा गरिबी निवारण कोषको कार्यकारी निर्देशकसमेत भएका थिए।